२०८१ श्रावण १२
                           

धार्मीक पर्यटकीयस्थल सिन्धुपाल्चोकको भैरवकुण्ड पर्यटकको रोजाइमा

सिन्धुपाल्चोक,२२ चैत
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ३ मा रहेको भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहदेखि ४२ सय मिटर उचाईमा रहेको भैरवकुण्डमा जनैपुर्णिमाको दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । जसले चहलपहल मात्रै नभइ आर्थिक गतिविधि समेत बढाएको छ ।

पदमार्ग र कुण्डबाट देखिने हिमश्रृङ्खलाले यहाँ आउनेहरुलाई रोमाञ्चित बनाउने गरेको छ। बिदाको समयमा छुट्टी मनाउन र हिउँ खेल्न पर्यटकहरू भैरवकुण्ड पुग्ने गरेका छन् । हिउँदको समयमा सवारी साधनमा डाँकलाङ, लिस्ति हुँदै चोकरमोकर सम्म पुग्न सकिन्छ । भैरवकुण्ड जाने बाटैमा पर्ने लिस्तिमाईको दर्शन गर्दै जाने पर्यटकको सङ्ख्या बढेपछि अहिले त्यहाँका होटल व्यवसायी, यातायात व्यवसायीदेखि स्थानीय पनि खुसी छन् । सिन्धुपाल्चोकमा एकसयभन्दा धेरै कुण्ड तथा तालहरू छन् ।

प्रतिक्रिया दिनुहोस्