२०८१ बैशाख १३

२०७८को जनगणना अनुसार सिन्धुपाल्चोकको जनसंख्या २ लाख २२ हजार ६०५

सिन्धुपाल्चोक ,१० चैत
राष्ट्रिय जनगणना २०७८ अनुसार शुक्रबार सार्वजनिक भएको नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेकोे छ । जस मध्ये सिन्धुपाल्चोकको जनसंख्या २ लाख २२ हजार ६ सय ५ रहेको तथ्याङकमा देखाएको छ ।

जसमा १ लाख ८ हजार ५ सय ६४ पुरुषको जनसंख्या रहेको छ भने र १ लाख १४ हजार ४१ महिलाको जनसंख्या रहेको छ । नतिजा अनुसार जिल्लाभर अविवाहित जनसंख्या ६५ हजार ७ सय ६५ रहेको छ जसमा पुरुष ३५ हजार ३ सय ५ महिला ३० हजार ४ सय ४४ रहेको छ ।

केन्द्रीय तथ्याङ्कले नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेकोमा सिन्धुपाल्चोकमा पनि महिलाको सङख्या बढी देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्