२०८२ असार ३
                           

शहीदको सूचिमा अटाएनन् कञ्चन प्रियदर्शी

सिन्धुपाल्चोक ,६ चैत
नेपाल सरकारले जनयुद्धको क्रममा शहादत प्राप्त सबैलाई शहीदको मान्यता दिंदै हालसालै ८३७१ जनाको नामावली राजपत्रमा प्रकाशन गरे पनि जनयुद्धकै क्रममा सेनाद्वारा मारिएका कञ्चन प्रियदर्शीे नेपाल राजपत्रमा अटाएनन् ।

२०५९ साल बैशाख १२ गते जिल्लाको जलबिरेमा मारिनु भएका कञ्चन प्रियदर्शी (इश्वरकृष्ण बुढाथोकी ) शहीदको सूचिभित्र पर्नु भएन् ।
तात्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा सशरीर होमिनु भएका प्रियदर्शीको सर्चको क्रममा नेपाली सेनाद्वारा हत्या भएको थियो । उही स्थान, उही समय र प्रियदर्शीसँगै मारिनु भएको स्याउलेका प्रेमबहादुर श्रेष्ठ सुमन भने शहीदको सूचीमा पर्नु भएको छ ।

जिल्लाका सशक्त साहित्यकार र पत्रकारको रुपमा समेत परिचित पीपलडाँडाका प्रियदर्शी नेपाल राजपत्रमा प्रकाशित शहीदको सूचिभित्र पर्न नसक्नु समग्र जनयुद्ध र शहादत प्राप्त सबैको अपमान भएको प्रियदर्शी परिवारले बताएका छन् ।

राजपत्र अध्ययन गर्दा धेरैको नाम छुटेको पाईएको छ । एउटै युद्धमा सँगसँगै मारिएकाहरु कोही शहीद हुने, कोहीलाई भने गुमनाम गर्न खोज्नु पुरापुर अन्याय भएको परिवारले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्