सिन्धुपाल्चोक ,१ चैत
नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनको आतिथियमा सम्पन्न भएको हाे।
सभा अध्यक्ष नेपाल बाल कुमारी क्योकुशिन कराते संघका अध्यक्ष श्याम महर्जनले गरेकाे कार्यक्रममा विशेष अतिथिहरु
ललितपुर महानगरपालिका उप प्रमुख; मन्जरी बज्राचार्य शाक्य ,गोदावरी नगरपालिका प्रमुख; गजिन्द्र महर्जन ,प्रमुख जिल्ला अधिकारी (ललितपुर); जय नारायण महर्जन ,ललितपुर जिल्ला प्रहरी प्रभाग प्रमुख; एस. एस. पि. सिडिविक्रम शाह,नेपाल फुल कन्ट्याक्ट कराते महासंघका राष्ट्रिय अध्यक्ष; शालिग्राम कुवर हुनुहुन्थ्यो ।ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले आगामी मेयर कप फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको खेल अवधिमा घाइते भएको अवस्थामा फुल (इन्स्योरेन्स) बीमा ल. पु. म. न. पा. ले नै गर्ने वचन व्यक्त गर्नुभयो।
दोस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५०,०००/- (४५-५०) के. जी. तौल महिला समुहको प्रथम विजयी रिना माझीले जित्नु भएको थियो।
(३५-४०) के.जी. तौल महिला समुहमा प्रथम; साहारा वाईबा ( बालकुमारी डोजो)दोस्रो; दिक्षा महरा ( K.W.W. , RaniPokhari Dojo)तेस्रो; ( बालकुमारी डोजो)अस्मिता श्रेष्ठ हुनुभएको थियाे।
(४५-५०) के. जी. तौल महिला समुहमा प्रथम; रिना माझी ( बालकुमारी डोजो),दोस्रो; रेश्मा थापा ( हर्नामाडी डोजो)र आयुषा बल ( हर्नामाडी डोजो)बाट तेस्रो हुनुभयो ।
(५०- ५५) के.जी. तौल महिला समुहमा प्रथम; अनिसा तामाङ ( K.W.W. Dojo) दोस्रो; जानकी कपाली ( टोखा डोजो) रमा श्रेष्ठ (क्योकुशिन बुडो वनस्थली डोजो)तर्फबाट तेस्रो हुनुभएको थियाे। यस्तै (३५-४०) के. जी. तौल पुरुष समुहममा प्रथम; मिलन सहकारी (K.W.F. Kritipur Dojo),दोस्रो; आशिष घिमिरे (बालकुमारी डोजो)र तेस्रो; अंकित कुमार ठाकुर (वनस्थली डोजो)बाट तेस्रो हुनुभयो ।
(५०-५५) के. जी. तौल पुरुष समुहमा प्रथम; विजया राई (I.K.A. Kritipur Dojo) दोस्रो; मनिष गोपाली ( हर्नामाडी डोजो)र रोहित थापा (हर्नामाडी डोजो)तर्फबाट तेस्रो हुनुभएको थियाे।
(५५-६०) के. जी. तौल पुरुष समुहमा प्रथम; महेन्द्र गजमेर ( तामसिपाखा डोजो) ,दोस्रो; सुशान तामाङ (K.W.W. Dojo)र तेस्रो; सन्जेश तामाङ (I.K.A. Dojo)।
सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार वितरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्