२०८१ श्रावण १२
                           

भदौरे गणेश कपमा चितवन र रामेछाप फाइनलमा

भदौरे गणेश कपमा चितवन र रामेछाप फाइनलमा

सिन्धुपाल्चोकमा जारि प्रथम भदौरे गणेश कपमा चितवन र रामेछाप जिल्ला फाइनल प्रवेश गरेका छन् ।
अाज भएको सेमिफाइनल खेलमा चितवनले २५-१०,२५-१५ र २५-१३ को सोझो सेटमा नुवाकोट लाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । सो खेलको म्यान अफ दि म्याच चितवनका राम बहादुर थापा मगर बने ।
सेमिफाइनल को दोस्रो खेलमा सिन्धुली र रामेछाप विचको खेल निकै प्रतिश्पर्धात्मक बन्यो । सिन्धुलिलाई रामेछापले २१-२५, २५-२२, २२-२५, २५-२१ र १५-१२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गर्यो ।
प्रतियोगिताको फाईनल भोलि ११ बजे हुनेछ । फाइनल तथा समापन समारोह प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख अातिथ्यतामा हुने अायोजक संस्था भदौरे गणेश सामाजिक संस्थाले जनाएको छ ।
भदौरे गणेश सामाजिक संस्था र नेपाने युथ क्लबको अायोजनामा भएको प्रथम भदौरे गणेश २०७६ मा प्रथम हुने टिमले २०२०२० र दोस्रो हुने टिमले १०१०१० नगद पुरस्कार को साथमा ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । यो पुरस्कार राशि सिन्धुपाल्चोक जिल्लामै भलिबल खेलको सबैभन्दा ठुलो राशि हो भने ११ जिल्ला सहभागी भएको पनि पहिलो प्रतियोगिता हो ।
भ्रमण बर्ष २०२० लाई लक्षित गरि अाय‍ोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न पर्यटकीय स्थलको प्रचार व्यानर राखिएको छ भने खेलाडीलाई पनि होमस्टेमा बस्ने व्यवस्था मिलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्