२०८२ बैशाख १९
                           

कोठेमा पक्की मोटरवेबल पुल बन्ने

सिन्धुपाल्चोक ,२२ फागुन -सुनकोशी गाउँपालिका वडा न ७ कोठेमा पक्की मोटरवेबल पुल निर्माण हुने भएको छ । सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाको विशेष पहल एवम स्थानीयवासी समेत रहनु भएका पत्रकार भुपेन्द्र भण्डारी लगायतको सक्रियतामा पूल निर्माण हुन लागेको हो ।

अरनिको राजमार्गको कोठे नजिकैबाट सुनकोशी–७ मा रहेको जाल्पा मावि नजिकै पुल जोडिने छ । ८२ मिटर लामो र ११ मिटर चौडाईको सो पूल यस अघि नै बन्ने भनिएता पनि जग्गा विवादका कारण स्थगित भएको थियो ।यो पुल निर्माण सम्पन्न भएपछि सुनकोसी गाउँपालिका वडा न ६ र ७ का स्थानीय लाभन्वीत हुने छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्