२०८१ श्रावण १२
                           

 रजिष्ट्रार कार्यालय बागमती प्रदेशले गर्यो बिद्युतीय सामग्रीको स्वनियमन र सामाजिक उत्तरदायित्व बिषयक अन्तरक्रियात्मक कार्यक्रम

सिन्धुपाल्चोक ,२१ फागुन

रजिष्ट्रार कार्यालय बागमती प्रदेशले आइतवार काठमाडौ उपत्यका कार्यालय जावलाखेलमा आयोजना गरेको बिद्युतीय सामग्रीको स्वनियमन र सामाजिक उत्तरदायित्व बिषयक अन्तरक्रियात्मक कार्यक्रममा यस क्षेत्रमा क्रियाशिल जनशक्तिलाई सामाजिक उत्तरदायित्वलाई ख्याल गरी स्वनियमनमा प्रोत्साहित गरेको छ ।

̔बिद्युतीय सामग्री उत्पादकलाई स्वनियमनमा प्रोत्साहित गरौ, स्वनियमन प्रभावकारी नभए मात्रै नियमनको दिशामा जाऊ, नियमनबाट पनि प्रभावकारी भएन भने नियन्त्रणमा जानु परिस्थिति आउन सक्छ । हामी नियन्त्रणको बाध्यात्मक कदम चाल्ने दिशामा जान चाहँदैनौ । ̓ कार्यक्रममा माननीय मन्त्री गंगानारायण श्रेष्ठले भन्नुभयो ̔प्रविधिको बिकाससँगै भित्रिएको बिकृति र बिसंगतिले समाजमा व्याप्त अराजकता भाइरसको रुपमा आइरहेको छ ।

त्यस्तो भाईरस हटाउन कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्नु पर्ने हुन्छ । ̓ ̔बिद्युतीय सञ्चार माध्यममा पस्किने सामग्रीलाई मर्यादित र शिष्ट बनाउन त्यस्ता सामग्री उत्पादकलाई सीप र क्षमता बिकासमा प्रोत्साहित गर्न प्रदेश सरकार तयार छ । ̓ सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले भन्नुभयो ̔तर स्वतन्त्रताका नाममा अराजकता मच्चाउने छुट कसैलाई हुँदैन । पत्रकारिताको मूल्य र मान्यता भित्र रहेर पत्रकारिता गर्न चाहनेलाई आवश्यक सीप उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।

̔ नेपाल प्रेस काउन्सिलका सहप्रवक्ता रामशरण बोहराका अनुसार सूचना तथा प्रसारण बिभाग र सञ्चार रजिष्ट्रार कार्यालयमा दर्ता भई प्रेस काउन्सिलमा सूचीकृत हुन आउने अनलाइन सञ्चार माध्यमको संख्या ३८५६ वटा पुगेको छ । नेपाल प्रहरीको साइबर व्यूरोमा पुग्ने उजुरीका ९५ प्रतिशत उजुरी मानहानी र गाली व्यइजतिसँग सम्बन्धित रहेको प्रहरी नायव उपरिक्षक इन्जिनियर दिपेश जोशीले जानकारी गराउनुभयो । समाजमा अराजकता फैल्याउने गरी सामाजिक सञ्जालमा पोष्ट हुने सामाजिक सञ्जालका हयाण्डल ९९ प्रतिशत बिदेशमा दर्ता छन् । कार्यक्रममा पत्रकार उमेश श्रेष्ठ र जीवन भण्डारीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्रमाथी टिप्पणी गर्दै बरिष्ठ पत्रकार ध्रबहरि अधिकारीले स्वनियमन निर्देशिका लागू गराएर डिजिटल मिडिया सञ्चालकहरुलाई प्रशिक्षित गरेमा पनि धेरै विकृति कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सबै मिडियाले आन्तरिक लेखा परिक्षण गरेजस्तै कन्टेन्टको आन्तरिक परिक्षणका लागि अम्बुस्डम्यानको अभ्यास गराउन सके अति उत्तम हुने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी भई सरोकारवालाका सुझाव दिनु हुने र लिनु हुने माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, माननीय मुख्य न्यायधिवक्ता ज्ञानेन्द्र नेपाल, श्रीमान सचिव नारायण प्रसाद शर्मा, कानून महाशाखा प्रमुख अनुशिल सापकोटा, बिज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाई,प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाल, प्रेस काउन्सिलका सह प्रवक्ता रामशरण  बोहरा , नेपाल प्रहरी साइबर व्यूरोका प्रहरी नायव उपरिक्षक इन्जिनियर दिपेश जोशी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम बिडारी, डिजिटल फ्रिडम कोलिसनका अध्यक्ष बाबुराम अर्याल, सूचना तथा प्रसारण बिभागका शाखा अधिकृत सुरज श्रेष्ठ, प्रतिनिधि,राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारी, डिजिटल मिडिया फाउण्डेसनका अध्यक्ष प्रवेश सुवेदी, अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटा, नेपाली पात्रोका सिइओ सन्तोष देवकोटा, डिजिटल राइट्स नेपालका संस्थापक अध्यक्ष सन्तोष सिग्देल, सिएमआर नेपालका निर्देशक उज्ज्वल आचार्य, स्वतन्त्र पत्रकार ध्रुवहरि अधिकारी, नेपाल पत्रकार महासघका पूर्व महासचिव उजिर मगर, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका अध्यक्ष सुर्य सुवेदी, भक्तपुर अध्यक्ष जगत प्रजापति, ललितपुर अध्यक्ष सागर न्यौपाने, अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारी, तामाङ पत्रकार संघ ललितपुरका अध्यक्ष प्रकाश थिंङ, अनलाइन सम्पादकहरु मात्रिका पौडेल, भरतराज पोखरेल, बालकुमार नेपाल, रामशरण बोहरा, नेपाल फयाक्ट चेकका सम्पादक उमेश श्रेष्ठ लगायत सहभागी सबै प्रति सञ्चार रजिष्ट्रारको कार्यालय हार्दिक आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्