सिन्धुपाल्चोक ,२१ फागुन
सिन्धुपाल्चोकको जिल्लाकै कर्णाली भनेर चिनिने जुगल गाउपालिका प्रवेशका लागि भव्य द्वार बन्ने भएको छ । गाउँपालिकाले हाईतबार एक टेण्डर आव्हान गरेपछि गाउँपालिका प्रवेश द्वार बन्न लागेको हो । ५७ लाख ७ हजार पाँचसय उनानब्बे बराबर लागतको टेण्डर आव्हान भएको जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभयो । बलेफी र जुगलको सीमाना ढाडेको पुल छिचोलिसकेपछि वडा न ५ को सीमानामा सो पुल बन्ने छ । कलात्मक र सुन्दर प्रवेशद्वारले जुगल गाउँपालिकालाई थप पहिचान दिने अध्यक्ष स्याङ्बोको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्