२०८१ श्रावण १२
                           

नारायणटारबाट इन्द्रावतीसम्म यात्रुबाहक बस संचालनमा

चौतारा ,११ फागुन
सिन्धुपाल्चोकको इन्द्रावती गाउँ पालिकाको मध्य भेग समेटेर बिहिबारबाट काठमाडौं नारायणटारबाट साँखु बाहुनेपाटी इन्द्रावती ५ को सिपाधुसिनी, ६ को बसन्तपुर आँपचौर, ८ को ज्यामिरेमाने बाट वडा नं ९ को गाइखर्क हुँदै तिनधारा सम्मको सार्वजनिक रुट तय गरेर यात्रुबाहक बस संचालनमा आएको छ ।

विगत देखी वर्तमान सम्म आइपुग्दा इन्द्रावती नदि बाधक भएको बहानामा ओझेलिएको यो ठाउँमा मुलुककै दुर्गम भनिएको कर्णालीमा भन्दापनी पछि सार्वजनिक यातायात आएको स्थानीएको भनाई छ । स्थानीयले यातायात नियमित सञ्चालनका लागि आग्रह गरेका छन् । साथै यातायात सन्चालन गर्ने समितिलाई स्थानीयले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्