चौतारा ,९ फागुन
चौताराको कृष्ण मन्दिरको फागुन १२ गते शिलान्यास हुने भएको छ । शुक्रबार विहान ८ बजे निर्वतमान सभामुख सापकोटाद्धारा उत मन्दिरको शिलान्यास हुने श्री कृष्ण गुठीका गुठियार एवम् सिन्धुपाल्चोकका अग्रज पत्रकार सुरेश कसजूले जानकारी दिनुभयो ।
१९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त बनाएको चौतारा पुरानो बजार स्थीत एक सय पन्ध्र वर्ष पुरानो ऐतिहासिक एवम् पुरातत्व महत्व बोकेको कृष्ण मन्दिर पुनर्निर्माण हुने भएपछि स्थानीय खुशी छन् । भूकम्प गएको झण्डै सात वर्षपछि मन्दिर पुननिर्माण हुने लागेको हो ।मन्दिर पुनर्निर्माण हुने भएपछि कृष्णको मूर्तिलाई केहि समय अघि स्थानान्तरण समेत गरिसकिएको छ ।
मन्दिर पुरानै ढाँचा र शैलीमा निर्माण हुने छ । २०७२ सालको भूकम्पबाट मन्दिर ध्वस्त भएपछि स्थानीय राजेन्द्रभक्त प्रधानको सकृयतामा सो ठाउँमा टहरो निर्माण गरि पुजाआजा हुँदै आएको छ । हरेक वर्ष कृष्णजन्माष्टमीको अवसरमा यहाँ दुई दिन मेला लाग्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्