२०८२ असार १६
                           

मेलम्चीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि तेर्से माविलाई

सिन्धुपाल्चोक ,२९ माघ

मेलम्ची नगरपालिका स्तरीय चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पुरुष भलिबलको उपाधि तेर्से माद्यामिक बिद्यालयले उपाधी हात पारेको छ । बालसुधार माद्यामिक बिद्यालय मेलम्ची ७ दुवाचौर र तेर्से माध्यमिक बिद्यालय मेलम्ची ६ तालामाराङ बिच खेलाइएको खेलमा ३÷२को सेटमा बालसुधार लाइ हराउँदै तेर्से माद्यामिक बिद्यालय उपाधी जित्न सफल भएको हो ।

यस्तै प्रतियोगितामा जाल्पा देवि माद्यामिक बिद्यालय बाहुनेपाटिलाइ हराउदै जनता माध्यमिक बिद्यालय ज्यामिरेले तेस्रो स्थान हासिल गरेको छ भने महिला भलिबल प्रतियोगितामा बतासे माद्यामिक बिद्यालय पहिलो,जाल्पादेवि माद्यामिक बिद्यालय दोस्रो र तेर्से माद्यामिक बिद्यालय तालामाराङ तेस्रो भएको छ । भलिबल प्रतियोगितामा दुवै तर्फका पहिलोे दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १५ हजार ,१२ हजार र ९ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

साथै नृत्य प्रतियोगितामा प्रगति माध्यमिक बिद्यालय पहिलो,सातकन्या माद्यामिक बिद्यालय दोस्रो,इन्द्रेस्वरि माद्यामिक बिद्यालय तेस्रो र कम्युनिटि अङ्ग्रेजी माध्यमिक विद्यालय मेलम्चीले सान्त्वना भएको छ । प्रतियोगितामा पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः १०हजार ८ हजार ६ हजार र ४ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छ्न । नृत्यमा नगरपालिका भित्रका १९ वटा बिद्यालय सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्