२०८१ श्रावण १२
                           

प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले फागुन २६ गते साधारणसभा तथा अधिवेशन गर्ने

सिन्धुपाल्चोक ,२८  माघ
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको छैटौ साधारणसभा तथा अधिवेशन फागुन २६ गते हुने भएको छ । शनिवार (आज) चौतारामा सम्पन्न पूर्ण बैठकबाट साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले सचिव सुन्दर शिरीसको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

शिरीसको संयोजकत्वमा १७ सदस्यी अधिवेशन आयोजक समिति बनाउने निर्णय गरिएको हो । जसमा सदस्यहरु अर्जुन शर्मा , सम्झना कार्की ,निर्मल बस्नेत ,केशवप्रसाद अधिकारी ,कल्पना श्रेष्ठ , रस्मीला खत्री ,राजेन्द्र रानामगर ,सुप्रिन्स कसजु , दुर्गा श्रेष्ठ , मोकिा विक , निर्मल माझी ,सुमित्रा श्रेष्ठ , स्वस्तीका सापकोटा , बासु देव गिरी ,निषा घिमिरे र सरस्वती नेपाल रहेका छन् ।

सेन्टरका सिन्धुपाल्चोक अध्यक्ष दिपक खत्रीकोे अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलिको प्रमुख आतिथ्यता र जनवर्गीय संगठन प्रमुख जानुका पराजुलिको विशेष आतिथ्यतामा सम्पन्न बैठकमा सांगटनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन सम्बन्धमा छलफल समेत भएको थियो । नेकपा माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्ला संयोजक गोविन्द पराजुलिले आगामी दिनमा संगठनलाई थप जिम्मेवार र पेशागत सञ्चारकर्मीको हकहितमा काम गर्न थप जोड दिइने बताउनुभयो ।

साथै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका कार्य बाहाक अध्यक्ष दिपक खत्री क्षमता अभिवृद्धिको शिलसिलामा बंगलादेश प्रस्थान गर्न लाग्नु भएकोमा हर्दिक बधाई ज्ञापन गद ै सफलता र सुरक्षित बसाईको शुभकामना व्यतm गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्