सिन्धुपाल्चोक ,१६ माघ
बनेपाको सिन्धु विकास बैंक कर्पोरेट कार्यालयकाे समन्वय तथा पाँचखाल शाखाको आयोजनामा पाँचखालमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छ्न । सोमबार बैंकको प्राङ्गणमा भएको रक्तदानमा कर्मचारी , स्थानीय लगायत ५४ जनाले रक्तदान गरेका छन् ।
सिन्धुपाल्चोककै पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले सिन्धुपाल्चोक ,काभ्रे, दोलखा, मकवानपुर तथा चितवन जिल्लामा गरि २५ शाखा तथा १ वटा सिमित बैकिङ इकाइबाट बैकिङ सेवा प्रदान गरिरहेको प्रमुख कार्यकारी अधिकृत राजकुमार गिरीले जानकारी दिनुभयो ।बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांस ग्रामीण भेगहरुमा बैकिङ सेवा विस्तार गरि त्यस भेगका स्थानीयलाई सर्वसुलभ सेवा प्रदान गरिरहेको उहाँको भनाइ छ ।
साे रक्तदान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी, नायव महाप्रबन्धक प्रमोद न्यौपाने लगायत बैंकका उच्च पदस्त कर्मचारी लगायतको उपस्थिती रहेको थियोे ।
प्रतिक्रिया दिनुहोस्