२०८२ असार ३
                           

साँगाचोकका वृद्धवृद्धालाई न्यानो कपडा

११ माघ , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ साँगाचोकमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको छ ।
वडा कार्यालयले वडाभित्रका ७० बर्ष उमेर पुगेका वृद्धवृद्धालाई कम्बल ब्ल्याङ्केट वितरण गरेको वडाध्यक्ष दीपेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो ।

उक्त वडाभित्र रहेका १ सय ६० जना वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको उहाँले बताउँनुभयो । पुस माघको अत्याधिक चिसोबाट वृद्धवृद्धामा बढी समस्या हुने भएकाले उहाँहरुलाई चिसोबाट जोगिन सजिलो होस् भनेर ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

चिसो मौसममा सबैसँग न्यानो कपडा हुन्छ भन्ने हुँदैन र चिसोबाट वृद्धवृद्धा कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता रहेको छ, वडाध्यक्ष नेपालले भन्नुभयो, कतिपय वृद्धवृद्धाको अवस्था हेर्दा असाध्यै समस्या भएको देखेपछि न्यानो कपडा खरीद गरेर वितरण गरेका हौँ ।’

कम्बल ब्ल्याङ्केट पाउँदा वृद्धवृद्धाहरु निकै खुसी देखिएका थिए । जाडोमा न्यानो सिरक दिने सरकारलाई धन्यवाद दिदै स्थानीय वृद्ध टेक बहादुर श्रेष्ठले वृद्धवृद्धाहरुलाई पनि सम्झिएकोमा वडा सरकारप्रति खुशी व्यक्त गरे । भूकम्प गएको लामो समय बितिसक्दा पनि अझै केहि वृद्धवृद्धाहरु अस्थायी टहरामा नै बस्दै आएको र टहरामा बस्दा सित चुहिने र बढी चिसो हुने हुँदा कष्टपूर्ण जीवन बिताउँदै आएका छन्  ।अशोक पराजुली

प्रतिक्रिया दिनुहोस्