२०८१ श्रावण १२
                           

डा. श्रेष्ठ ज्ञानको हिसावले सर्वज्ञानी जस्तै लाग्छ : गौरी प्रधान

सिन्धुपाल्चोक ,१ माघ
आज माघी वा माघे संक्रान्ती वा घ्यो चाकु सँल्हुको दिन प्रा. डा. मथुरा प्रसाद श्रेष्ठसंग उहाँकै घरमा गएर भेट्घाट गर्यौं । हुन त हामीहरु उहाँलाई भेट्न बारम्बर घरमा जान्थ्यौ । तर यसपटक भने नभेटेको अलिक लामो समय भइ सकेको थियो । आज उहाँलाइ तुलनात्मक रुपमा स्वस्थ नै पाँए । विशेषज्ञताको हिसावले उहाँको क्षेत्र जनस्वास्थ भएतापनि ज्ञानको हिसावले उहाँ सर्वज्ञानी जस्तै लाग्दछ, मलाई । राजनीति, ईतिहास, दर्शन, धर्म-संस्कृती सबै क्षेत्रहरूमा उहाँको राम्रो अध्ययन र ज्ञान छ ।
 भेटघाटमा हामीले हालसालै निधन हुनु भएका क. हर्ष स्याङ्वोको बारेमा कुरा ‍गयौं । स्वयं बिमारीको अवस्थामा हुँदाहुँदै पनि डा. श्रेष्ठ लठ्ठी टेकेर भएतापनि उहाँको अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न उपस्थित हुनु भएको थियो । क. हर्ष स्याङ्वोको जन्म सिन्धुपाल्चोक जिल्लाको मेलम्ची भेगतिर(सायद महांकाल) भएको हो भन्ने कुरा मैले उहाँको निधनको दिन मात्र थाहा पाँए । यस अघि उहाँको जन्म बि. स. १९८३मा दार्जलिङको डिलाराम हिलकोर्टमा भएको भन्ने पढेको थिंए । यसबारे सिन्धुपाल्चोकका साथीहरुले थप खोज तथा अनुसन्धान गर्नु राम्रो हुनेछ ।
जीवनको अन्तिम अवस्था सम्म उहाँको निस्वार्थ सेवा गर्नु हुने उहाँको धर्म छोरीलाई यसबारे धेरै कुरा थाह हुन सक्दछ । साथै बुढानिलकण्ठ नगरपालिकाको उप-मेयर अनिता लामालाई पनि उहाँको जीवनको विभिन्न कालखण्डबारे थाहा हुनुपर्दछ । किनभने, जीवनको उत्तरार्धमा क. स्याङ्वोलाई उहाँले धेरै सेवा र सहयोग गर्नुभएको मैले जानकारी पाएको थिंए।
डा. मथुरा प्रसाद श्रेष्ठबाट जानकारी पाए अनुसार क. स्याङ्वो, नेकपाको संस्थापक महासचिव क. पुष्पलाल साथै क. निर्मल लामा लगायतका शिर्षस्थ नेताहरुको समकालीन हुनुहुन्थ्यो । थाहा भए अनुसार नेपालको कम्युनिस्ट आन्दोलनको स्थापनाकाल र विकासमा उहाँको पनि महत्वपूर्ण भूमिका रहेको थाहा हुन आएको छ ।
उहाँको योगदानको विषयमा उहाँ सम्वद्ध पार्टी, राजनीतिक इतिहासका विद्यार्थी र खोजपत्रकारकर्मीहरुले थप अध्ययन गरेर वास्तविकता जन समक्ष राख्नु उपयुक्त हुने छ । सुने अनुसार, उहाँको राजनैतिक जीवन, पारिवारिक सम्बन्ध र सामाजिक क्षेत्रका योगदानहरु उतार-चढाउ युक्त भएको देखिन्छ । उहाँ एक उत्कृष्ट साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँको जीवनको अन्तिम समय मनोहरा सुकुम्वासी क्षेत्रमा कठिनतापूर्वक एक धर्म छोरीको साथ बितेको थाह भएको छ ।
उहाँको अन्तिम विदाईमा क. कृष्ण गोपाल श्रेष्ठले हंसिया-हथौडाको रातो झण्डा ओडाई श्रद्धाञ्जली व्यक्त गर्नु भएकोले उहाँ पार्टीको सम्पर्कमा नै रहेको बुझ्न सकिन्छ । स्वयम्भुको तामाङ्ग गुम्वामा भएको उहांको अन्तिम विदाईमा उपस्थित भइ श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा मैले त्यसबेला केहि थप जानकारीहरु पनि पाएको थिंए ।डा. मथुरा प्रसाद श्रेष्ठसंगको आजको भेटघाट क. हर्ष स्याङ्वो प्रति भावपूर्ण श्रद्धाञ्जली सहित समर्पित गर्दछु ।गौरी प्रधान

प्रतिक्रिया दिनुहोस्