२०८२ असार ३
                           

बलेफीको लप्सेमा आगलागिबाट बालकको मृत्यु

पौष २१ ÷सिन्धुपाल्चोकको बलेफी गा.पा.४ लप्से स्थित पशुपंक्षी फर्ममा आगलागि हुँदा एक बालकको मृत्यु भएको छ । सो वडाका अध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा आगलागि हुँदा फर्ममा काम गर्ने सोहि स्थानको बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल काकीको ज्यान गएको हो ।

विहिबार विहान ९ बजे फार्ममा आगोलागी भएकोमा बालकको आगोमा परी घटनास्थलमै मृत्यु भएको हो । प्रहरी र स्थानियबासिको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगोलागि अंन्दाजी ६ छ लाख १४ हजार) बराबरको सामानहरु जली क्षेती भएका छ । आगलागी के कसरी भयो भन्ने सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया दिनुहोस्