२०८१ श्रावण १२
                           

चौतारा साँगाचोकगढी नगरपालिकाद्धारा अपाङ्गता कार्ड वितरण जारी

पौष २० , चौतारा साँगाचोकगढी नगरपालिकाले अपाङ्गता वार्ड वितरण कार्यलाई निरन्तरता दिएको छ । वडा र वस्ती स्तरमा पुगेर उप–प्रमुख सीता थापाको नेतृत्वमा चौतारा अस्पतालका डाक्टर एवं स्वास्थ्य कर्मीको टिम सहित अपाङ्गताको परिचयपत्र वितरण र नवीकरणको काय संचालन हुँदै आएको छ ।

आज बुधबार नगरपालिकामा संकलन गरेको निवेदनको आधारमा क ,ख ,ग र घ वर्गका कार्ड १२ जनालाई वितरण गरिएको नगरपालिकाको महिला तथा वालवालिका शाखाका प्रमुख दुर्गा ढुङ्गेलले जानकारी दिनुभयो । साथै नगर अपाङ्ग समन्वय समिति बैठक अध्यक्ष सुशिला श्रेष्ठको अध्यक्षतामा बसेको छ । समितीले सबै १४ वटै वडामा भेला गरी समिति गठन तथा पुनर्गठन गर्ने निर्णय गरेको छ ।

अपाङ्गताको वजेट कार्यन्वयन गर्ने उदेश्यले आयोजित बैठकमा अपाङ्गता भएका व्यक्ति, वा परिवारलाई कफी खेतीको लागी कफी विरुवा उपलब्ध गराउने र बाख्रा पालनको लागी अनुदानका लागी नगरपालिकालाई प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्