२०८१ श्रावण १२
                           

उद्योग दिवस दुई उद्यमी सम्मानित

मंसिर ९ ,चौतारा – आठौं उद्योग दिवसको उपलक्ष्यमा दुई उद्यमी सम्मानित भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की उद्यमी ङ्याउरीमाया घले र वडा न ८ का जीतवहादुर गिरी उत्कृष्ट उद्यमीको रुपमा सम्मानित भएका हुन् ।

घरेलु तथा साना उद्योग विकास कार्यालय, सिन्धुपाल्चोकले आयोजना गरेको एक समारोहमा उद्यमीद्वयलाई प्रमुख अथिति एवम् चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ का वडा अध्यक्ष शिव श्रेष्ठले सम्मानपत्र र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनात काफ्लेले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति श्रेष्ठले समुदायमा उत्पादन र उद्योगलाई प्राथमिकतामा नजोडिकन गरिएका विकास निर्माण अपूर्ण हुने बताए । नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले उद्योगधन्धाका लागि उचित वातावरणको सिर्जना विना समृद्धी नेपालको सपना साकार नहुने बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उषा तामाङ लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सम्मानित व्यक्तित्व ङ्याउरी माया घले र जीतवहादुर गिरीले आफ्ना अनुभव साझा गरेका थिए ।
कार्यालय प्रमुख विश्वनाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हरि विकले र स्वागत कार्यालयका प्रविण वस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्