२०८२ बैशाख १९
                           

दुलाललाई मतदाताको सुझाव , “हाम्रो मन जितिसक्नु भयो भोटको चिन्ता हैन कामको योजना बनाउनुस् ।”

कार्तिक २९ — विकासको बाकस उपमा पाएक युवा नेता युवराज दुलाल शरदले मतदाताको माया बटुली रहेका छन् । २०७४ सालमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ बाट बागमती प्रदेश सदस्यमा निर्वाचित दुलालले पहिलो कार्यकालमा उल्लेख्य काम गरेको स्वयम मतदाताले बताउने गरेका छन् ।
मंगलबार मतदाता भेटघाटका क्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको गिदाने ,साँगाचोकका विभिन्न स्थानमा पुग्नुभएका दुलाललाई सबै मतदाताले दिने जवाफ थियो , “भोटको चिन्ता नगर्नुहोस् तपाईले हाम्रो मन जितिसक्नु भयो । अब कामको योजना बनाउनुस् ।” निरन्तर राजनीति र सामाजिक कार्यमा सक्रिय दुलाललाई फेरी उम्मेदवारका रुपमा पाउदा नागरिकले घर आँगनमा भव्य स्वागत गरेर विजयको शुभकामना दिएका छन् । गिदानेकी स्थानिय सरला थापाले दुलाल काम गर्ने , दुखमा पनि सद्यै जनतासँगै रहने ब्यति भएकोले अरु विकल्प आफुले नदेखेको बताउनुभयो ।
आफुलाई बाकसभरी भोट दिनुस् पछि बाकस भरी विकास लिएर आउछु भन्दै २०७४को निर्वाचनबाट थप लोकप्रिय बनेका दुलाल भन्नुहुन्छ, “ अबको मेरो उम्मेदवारी विगतको कामको जस लिएर ब्याज खाने नभई यो भुगोलको आवश्यकता अनुसार थप काम गर्ने हो । ” दुलालको लोकप्रियताको कारण भनेकै बोलेर काम नगर्ने नेताको भिडमा नबोलेका कुरापनि पुरा गर्ने क्षमता राख्ने स्वभावनैै मुख्य कारण रहेको स्याउले स्थानिय नारायण खत्रीको बुझाई छ । आफुले प्रतिनिधित्व गर्ने क्षेत्रको जनताको आधारभुत आवश्यकता, भुगोलको भौतिक पूर्वाधारको आवश्यकताका सवालमा ज्ञान हासिल गरेर योजनावद्ध काम गर्ने कुरामा आफु विगतमा र अबका दिनमा पनि रहिरहने दुलालले जनताका माझ प्रतिज्ञा गर्ने गर्नुभएको छ ।


४७ करोड स्टमेटको चौतारा टुँडिखेलमा निमार्णाधीन मिनी रंगशाला , भवन निमार्णको लागी मात्र १ अरव ३० करोड स्टमेट सहित दश ओटा फरक प्राविधिक विषयमा अध्ययन हुने दिनेश रामजी बहुप्राविधिक शिक्षालय स्थापना , १ अरब ६० करोड स्टेमेटको चौतारा काठमाडौ ५० किलोमिटर यात्रा गर्न सकिने चौतारा सिपाघाट कात्तिके काठमाडौ सडक , नवलपुर र पाँचपोखरीमा निमार्ण भएको १५ शैयाको अस्पताल संगै खानेपानी, गुम्बा, मन्दिर ,कभर्ड हल , खेल मैदान ,एक विद्यालय एक नर्स जस्ता कामले दुलाल जिल्लामा जनप्रिय बनेका छन् ।
चौताराको शैक्षिक हबको भविष्यसँग जोडिएको निमार्णाधीन बहु प्राविधिक विद्यालयकै कारण पनि द्येरै मतदाता आफु दुलाल सँग जोडिएको बताउछन् । १० ओटा फरक फरक प्राविधिक विषयमा आवस्यक पुर्वाधार सहित वृहत् शिक्षालयको सपनासँग मतदाता जोडिएका छन् । १ सय ९६ रोपनी जग्गामा अबको कार्यकालमा आफुले जिम्मेवारी पाउँदा ८० प्रतिशत सम्म काम सम्पन्न गर्न सक्नेमा आफु आशावादी रहेको दुलाल बताउनुहुन्छ । आफु निर्वाचित भएका हरेक वडामा घटीमा ५ देखि बढीमा १५ वटा सम्मका झण्डै ढेड अरब सम्मका साना ठुला योजना आफुले विकासको बाकसमा अटाउन सफल भएको दुलाल बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्