कार्तिक २७ ÷ सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् । संघले नेपाल राष्ट बैंकले बैंक तथा बितिय क्षेत्रमा बढाएको चर्को व्याजदर घटाउन माग गरेको छ । संघको निवर्तमान अध्यक्ष बेद बहादुर श्रेष्ठले प्रमुख जिल्ला अधिकारी बेदनिधी खनाललाई ज्ञापनपत्र बुझाएका हुन् । १ापनपत्रमा संघको कार्यकारीणी समितिको अध्यक्ष होमबहादुर बस्नेतको हस्ताक्षर रहेको छ । उक्त ज्ञापनपत्र बुझाउन कार्यकारीणी समिती, सल्लाहकार समिति र साधरण सदस्यहरुको उपस्थितीमा आइतवार प्रजिअको कार्यकक्षमा पुगेका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ खनालले आफुले ज्ञापनपत्र सम्वन्धित निकायमा पेश गर्ने प्रतिबद्दता जनाएका छन् । साथै प्रजिअले चर्को व्याजदरको मार अन्य राष्टहरुको तुलनामा नेपाल अग्रस्थानमा रहेको समेत बताए । यसप्रति सवैको चासो रहनुपर्नेमा उनले जोड दिएका थिए ।
ज्ञापनपत्र बुझाईसकेपछि जिल्ला प्रशासन कार्यालयको मूल गेटमा संक्षिप्त कोण सभा गरिएको थियो । उक्त कोण सभामा बोल्दै संघको निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले देशको अर्थतन्त्र धेग्ने व्यवसायीहरु नै व्याजदरको मारमा परेको जिकिर गर्नुभयो । उहाँले तुरुन्त यसलाई घटाउन माग गरे । श्रेष्ठले अन्त्यमा उपस्थित सवैलाई धन्यवाद दिदै आसन्न निर्वाचन सम्पन्न भए लगत्तै जिल्लाको विभिन्न बजारहरुमा बिरोध र्यालीको कार्यक्रम गर्ने समेत जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्