२०८१ बैशाख १४

विगतको कामको व्याज खान आएको हैन, नयाँ योजना सहित आएको छु ः दुलाल

कार्तिक १७ , सिन्धुपाल्चोक प्रतिनिधि सभा २ प्रदेश सभा १ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेदवार युवराज दुलालले आफू पुराना कामको व्याज खान नभएर नयाँ योजना सहित जनतासामु गएको बताएका छन् । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दुलालले आफु पहिले पनि केहि योजना सहित जनतासामु गएको र जन अनुमोदित भए पश्चात् आफ्नो वाचा पूरा गरेको बताउनुभयो ।

बागमती प्रदेशको पुर्व सामाजिक विकास मन्त्री दुलालले विगतमा आफुले गरेको कामको स्मरण गर्दै आफू तेहि कामको व्याज खान आएको नभएर केही जनपक्षीय योजना सहित जनतामा आएको बताउनुभयो। मतदाता भेटघाटको क्रममा इन्द्रावती गाउँपालिकाको विभिन्न बस्तिमा पुगेका उमेदवार दुलालले जनताको अपार माया र स्नेह पाएकाले आफ्नो जित सुनिस्चित रहेको बताउनुभयो। गाउँ बस्तीको विकास र देसलाइ निकास दिन लोकतान्त्रिक ०वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्