२०८१ श्रावण १२
                           

गाङ्चेम्पो हिमाल आरोहण गर्न आउने ईटालियन पर्वतारोही लाई स्वागत

कार्तिक  १२ – पाँचपोखरी थाङ्पाल गाँउपालिकाले पहिलो पटक गाङ्चेम्पो हिमाल आरोहण गर्न आउने ईटालियन पर्वतारोही लाई शनिबार स्वागत गरिएको छ । गाँउपालिकाको प्रवेशद्धार खाल्डे खोलामा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष,कार्यपालिका सदस्य, कर्मचारी र स्थानियको उपस्थीतिमा स्वागत गरिएको हो ।

६३७८ मिटर उचाईमा रहेको गाङ्चेम्पो हिमाल १० दिन देखि १२ दिन सम्म आरोहण गरि टोलि फर्किने पाँचपोखरी थाङ्पाल गाँउपालिका पर्यटन तथा प्रर्वद्धनका सदस्य सचिव मुकुन्द पाण्डेले बताउनुभयो । सदस्य सचिव पाण्डेले पहिलो पटक पाँचपोखरी पदमार्ग हुँदै जाने १५ जनाको टोलीमध्ये ७ जनाले हिमाल आरोहण गर्ने र बाँकी बेस क्याम्पमा रहेर पर्वतारोहीलाई सहयोग गर्ने पनि बताउनुभयो । त्यस्तै पर्वतारोहिलाई स्वागत गर्दै यस परीक्षण आरोहण सफल भएमा गाँउपालिकाको महान लक्ष्य साकार हुने र जनताको आर्थिक तथा सामाजिक जनजीवनमा व्यापक परिवर्तन आउने अपेक्षा रहेको गाँउपालिका अध्यक्ष टासी लामाले बताउनुभयो ।

सन् १९३० मा ब्रिटिस पर्वतारोही बिल तिलमानले नेपालका विभिन्न हिमालको अध्ययन तथा आरोहणका क्रममा जुगल हिमाल हिम श्रृंखलाका चुचुरा, हिमालहरुको अधार क्षेत्र र नेपालकै सबैभन्दा लामो पास तिलमानपासको यात्रा गरेका थिए । त्यस्तै सन् १९५५ मा तीन अमेरिकन महिलाले जुगल हिमालमा आरोहण प्रयास गरेका थिए । तर हाई अल्टीच्यूडका कारण परेको र बाँकीले खराब मौसमका कारण ६ हजार एक सय ५१ मिटरसम्म यात्र गरि फर्किएका थिए ।

त्यसयता जुगल हिम श्रृखंलाका चुचुराहरु चढ्ने प्रयास भएका थिएन । संघिय सरकारको अनुमति र पाँचपोखरी थाङ्पाल गाँउपालिकाको पहलमा र गरिमा भोयज ट्रबाल्सको नेतृत्वमा परीक्षण आरोहण संचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्