२०८० चैत्र १६

सिन्धुपाल्चोक १ मा गठबन्धन दलहरुको संयुक्त कार्यक्रम सार्वजनिक

कार्तिक ६ –  वाम गठबन्धनले सिन्धुपाल्चोक क्षेत्र नं १ मा पहिलो चरणको संयुक्त कार्यक्रम सार्वजनिक गरेका छन् ।
कात्तिक ८ गते विहान बलेफी गाउँपालिकाको बलेफी बजारमा र दिउँसो जुगल गाउँपालिकाको जुगल गाउँपालिकाको ढाँडेमा संयुक्त बैठक एवं शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।
गठबन्धनले तिहार लगत्तै कात्तिक १२ गते विहान सुनकोसी गाउँपालिकामा र दिउँसो लिसखु पाखरमा सयुत  बैठक एवं शुभकामना आदान प्रदान कार्यक्रम तय गरेको माओवादी केन्द्रिय सदस्य एवं प्रदेश सभामा समानुपातिकतर्फका उम्मेदवार अमृता नेपाल प्रभाले जानकारी दिनु भयो । नेतृ नेपालका अनुसार १४ गते हुने कार्यक्रम बाह्रविसेमा हुने र हो कार्यक्रममा  बाह्रविसेमा ,भोटेकोशी र ित्रपूरा  गाउँपालिकाबाट अगुवा कार्यकर्ताहरु सहभागी हुने छन् ।
यस्तै कात्तिक १३ गते काठमाडौंमा सिन्धु–काठमाडौं सम्पर्क समितिको आयोजनामा संयुक्त बैठक आयोजना गरिएको छ । सबै कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरु सहभागी हुने छन् ।
गठबन्धनको बैठक बसेर जिल्लाका सबै साझा उम्मेदवारहरुलाई जिताउने गरी गठबन्धनलाई अझ मजबुत बनाउन संयुक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पालिका तहसम्मको संयुक्त कार्यक्रम हुन लागेको हो ।
गठबन्धनको तर्फबाट चौतारामा चाडपर्वका अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम पछि गठबन्धन आवद्ध दलहरुले जिल्लाभर संयुक्त कार्यक्रम गरिरहेका छन् ।
सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि माओवादी पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले गठबन्धनका साझा उम्मेदवारका रुपमा मनोनयन दाखिला गरेका छन भने प्रदेश सभातर्फ क मा कंग्रेस नेतृ मसिना खड्का भण्डारी र ख मा माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले उम्मेदवारी दिएका छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत साझा उम्मेदवार छन भने प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य युवराज दुलाल सरद र ख मा नेपाली कांग्रेसका नेता कृष्ण कुमार तामाङ समिर उम्मेदवार छन् ।

सोमबार काठमाडौंमा बागमती प्रदेशस्तरीय कार्यक्रममा शीर्ष नेताले सम्बोधन गर्ने

देशभर संयुक्त वैठक गरेर गठबन्धन आवद्ध साझा उम्मेदवारहरुलाई जिताउन आव्हान गरिरहेका लोकतान्त्रिक वाम गठबन्धनका शीर्ष नेताहरुले कात्तिक ७ गते सोमबार बागमती प्रदेशको गठबन्धन दलहरुको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
संविधानको रक्षा, स्थितरता र समृद्धिका लागि गठबन्धनको मुल नाराको व्यानरमा प्रदेशस्तरमा कार्यक्रम गरिरहेका दलहरुले बागमती प्रदेशभर मनोनयन दर्ता गरेका साझा उम्मेदवारहरु र नेता कार्यकर्ताहरुको उपस्थितिमा सम्बोधन गर्न लागेका हुन् । लोकतान्त्रिक वाम गठबन्धन बागमती प्रदेशको आयोजनामा कार्यक्रम राष्ट्रिय सभा गृहमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्