२०८१ श्रावण १२
                           

मेलम्ची बजार क्षेत्रका अव्यवस्थित घर टहरा हटाईन

असोज २६ —सिन्धुपाल्चोक जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मलेम्ची बजार अव्यवस्थित बनेको भन्दै व्यवस्थित बनाउन नगरपालिकाले गैरकानुनी रुपमा निर्मित संरचनाहरू हटाउन थालेको छ । मेलम्ची बजारमा मेलम्ची नगरपालिकाका वासिन्दा बाहेक पनि पाँचपोखरी, हेलम्बु, इन्द्रावती गाउँपालिकाका नागरिकहरू किनमेलका लागि आउँने गरेका छन् । तर बजारमा ब्यबस्थित पार्किङ छैन, सार्वजनिक शौचालयको अभाव छ । पिउने पानीको समेत व्यवस्था छैन । जसका कारण किनमेलका लागि आएका नागरिकलाई समस्या हुने गरेको छ ।
अहिले मेलम्ची नगरपालिकाले गैह्र कानुनी रुपमा निर्माण गरिएका संरचनाहरू हटाउने, जथाभावी फोहोर फाल्न नदिने, र पार्किङलाई व्यवस्थित बनाउने प्रयास गरिहरेको छ । विगतमा पनि बजार क्षेत्रलाई व्यवस्थित बनाउने योजना नबनेको होइन, त्यसैले अब पनि बजार व्यवस्थित र सफा बन्नेमा नागरिक भने आशंका व्यक्त गर्छन् । देशका अन्य महानगर, उपमहानगर तथा नगरपालिकाहरूमा पनि अबैध रुपमा बनेका संरचना हटाउने काम चलिरहेको छ ।
पार्किङ व्यवस्थित बनाउने तथा सरसफाइ र हरियाली बनाउने योजनामा मेलम्ची नगरपालिकाले पनि काम गरिहरेको छ । नगरपालिकाले नागरिकलाई आफै संरचना हटाउन आग्रह गरेको छ । अटेर गरेमा दसैँ तिहार पछि हटाइदिने हटाउने निर्णय भएको राजश्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो ।
गैह्र कानुनी संरचना हटाउने, शौचालय, पार्किङ, पिउने पानीको धाराहरूलाइ व्यवस्थित बनाउने योजना नगरपालिकाको भएपनि योजना कार्यान्वयनमा आउने नआउनेमा नागरिक अझै आशंका गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्