२०८१ माघ २४
                           

निर्वाचनको लागि सिन्धुपाल्चोकका उम्मेद्वारहरु

दिपक खत्री  ,असोज २३ — आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फकोउम्मेदवारी दर्ता गरेका छन् । उम्मेद्वारहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगेर उम्मेद्वारी दर्ता गरेका हुन् । कतिपयले वारेसनामा मार्फत उम्मेद्वारी दर्ता गराएका छन् । यस पटक राजनितिक दलहरू तथा स्वतन्त्र उम्मेद्वारको चहल पहल धेरै देखिएको छ ।

निर्वाचन क्षेत्र नं १
गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा पुगेर सापकोटाले मनोनयन दर्ता गराउनुभएको हो । प्रदेश सभा तर्फ ‘क’मा काग्रेसवाट मनकुमारी खड्का र ‘ख’मा माओवादीबाट सरल सहयात्री ( पौडेल)ले उम्मेदवारी दर्ता गराउनुभयो ।


यस्तै नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य सरेश नेपालले सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा प्रदेश सभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा युद्धविक्रम तामाङ (डि.वि लामा ) र ‘ख’ मा होम नारायण श्रेष्ठलेले उम्मेदवारी दर्ता गरेका छन । केन्द्रले टिकट दिए पनि एमाले जिल्ला अध्यक्ष समेत रहेका कमल नेपालले उमेदवार हुन अस्विकार गरेपछि वारेसनामा मार्फत डिबि लामाले उम्मेदवार दिनुभएको हो । स्थानीय तह निर्वाचनमा ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सुचिमा रहेको डिबि लामा एमालेको प्रदेश सभाको उम्मेदवार बन्नुभएको हो । डिबि लामा विरुद्ध इलाका प्रहरी कार्यालय बाह्रबिसेले मुद्दा दर्ता गरेको थियोे । अहिले उहाँ सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क को एमाले उम्मेदवार बनेका हुन् । राजननितिक प्रतिशोधका लागी फसाईएको भन्दै अदालतको फैसला आएपछि चुनावी प्रचारमा लाग्ने एमाले नेता शशिनाथ आचार्यले बताउनुभयो ।
साझ ५ बजेसम्म प्रतिनिधि सभा क्षेत्र नं. १ तर्फ १२ जनाको उम्मेद्वारी परेको छ । प्रदेश सभा सदस्य क्षेत्र नं. १ (क) मा ७ जना र प्रदेश सभा सदस्य क्षेत्र नं. १ (ख) मा ५ जनाले मनोनयन दर्ता गराएका छन् । बाह्रविसेका मुकुन्द श्रेष्ठ ,सुनकोशीका राम कुमार जिसी र बलेफीका विष्णु प्रसाद पौडेलले स्वतन्त्र बाटै उमेदवार दर्ता गराएका छन ।

निर्वाचन क्षेत्र नं २
नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङले सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय चौतारामा पुगेर तामाङले मनोनयन दर्ता गराउनुभएको हो । उनीसँगै यो क्षेत्रमा प्रदेश सभा तर्फ क्षेत्र नम्बर २ को ‘क’ मा अमानसिंह तामाङ र ‘ख’ मा हस्त पण्डितले उम्मेदवारी दर्ता गरेका छन ।
गठबन्धनबाट प्रतिनिधि सभामा नेपाली काँग्रेसका नेता मोहन बस्नेतले उम्मेदवारी दर्ता गर्नुभयो । प्रदेश सभा तर्फ ‘क’मा माओवादी केन्द्रबाट युवराज दुलाल ‘ख’मा नेपाली काँग्रेसबाट समिर तामाङले उम्मेदवारी दर्ता गराएका हुन । त्यस्तै नेपाली कांग्रेसका पुर्व क्षेत्रीय सभापति बद्री चौलागाईं स्वतन्त्र उमेदवार दर्ता गराएका छन । महाधिवेशन प्रतिनिधिले मोहन बस्नेत बिरुद्ध बागी उम्मेद्वारी दिएका छन् । नेपाली काँग्रेसका नेता एवं महाधिवेशन प्रतिनिधि बद्रिप्रसाद चौलागाईँले सिन्धुपाल्चोक क्षेत्र २ बाट बागी उम्मेदवारी दर्ता गराउनुभएको छ नेपाली चौलागईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएसँगै बस्नेतलाई चुनौती थपिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी बाट माया गुरुङले पनि सिन्धुपाल्चोक २ बाटै उमेदवार दर्ता गराएकी हुन । त्यसै गरी पुर्व माओवादी नेता धुव्र पराजुलीले सिन्धुपाल्चोक २ बाटै उमेदवार दर्ता गराएका छन । साझ ६ बजेसम्म प्रतिनिधि सभा क्षेत्र नं. २ तर्फ १२ जना , प्रदेश सभा सदस्य क्षेत्र नं. २ (क)मा ६ जना, प्रदेश सभा सदस्य क्षेत्र नं. २ (ख)मा ८ जनाले मनोनयन दर्ता गराएका छन् ।

माओवादीमा तीन ‘स’
सुबोध, सरल र सरद राजनीतिमा समकालिन यि नेताहरु ऋहिले माओवादीबाट चुनावी मैदानमा छन् । सरल २०७० को संविधान सभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट उमेदवार भएर तेस्रो बन्नुभएको थियो । २०७४ को निर्वाचनमा सरल र सुवोध प्रतिनिधि सभामा अग्नि प्रसाद सापकोटा उमेदवार भएपछि पार्टीको काममा सक्रीय भएका थिए । सरद भने २०७४ मा प्रतिनिधि सभा २ को क मा उमेदवार भएर वागमती प्रदेशमा सामाजिक विकास मन्त्री समेत बन्नुभयो । तीन ‘स’ अहिले एकै पटक संसदमा प्रतिनिधित्व गर्ने अवसरका लागि चुनावी मैदानमा उत्रीने छन् । सरल सहयात्री आफ्नो प्रदेश छाडेर प्रदेश सभा ख मा आउनुभएको हो ।

पार्टीबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी
नेकपा माओवादी केन्द्रका जनयुद्धकालीन नेता धु्रव पराजुली (सन्तोष)ले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जनयुद्धकालमा अग्नि सापकोटाकै तहका नेता मानिने पराजुली २०७० बाट पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर बस्नुभएको थियो । नेता पराजुली पछिल्लो समय पुनः सक्रिय बन्दै हुनुहुन्छ । पराजुलीको छोरी जानुका पराजुली यसअघि चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयर निर्वाचित हुनुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्