२०८१ श्रावण १२
                           

जुगल सरकारको चार महिना

स्थानीय सरकार

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । स्थानीय तहमा सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न समाजबाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुद्दृढीकरण गर्न स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन प्रणालीलाई सृद्दृढ गर्न स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासालई संस्थागत गर्ने जस्ता उद्देश्यले स्थानीय सरकारको ब्यववस्था गरिएको छ । संविधान स्थानीय सरकार संचालन ऐन २०७४ र अन्य प्रचलित कानुनहरुले स्थानीय सरकारलाई कानुन बनाउने कार्यान्वयन गर्ने र न्यायिक समिति मार्फत विवाद निरुपण गर्ने अधिकार प्रदान गरेको छ । त्यस्तै आर्थिक अधिकार सम्बन्धी कानुन बनाउने, कार्यान्वयन सम्बन्धी कानून बनाउने, वार्षिक बजेट बनाउने, नीति तथा योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने अधिकाका साथै सिफारिश र प्रमाणीकरणका अधिकार दिएको छ । लोकतन्त्रालाई स्थानीय तहदेखि नै सुद्दृढीकरण गर्ने उद्देश्यले स्थानीय सरकारलाई संवैधानिक अधिकार सहित बढी अधिकार सम्पन्न बनाइको छ ।

स्थानीय सरकारका अभ्यास र देखिएको चुनौती

जनताको सबैभन्दा नजिकको सरकार भएपनि क्षमता र स्रोतसाधनका दृष्टिले स्थानीय सरकारको क्षमता निकै कमजोर छ । संस्थागन क्षमता, कार्यव्यवहार, सेवाको प्रभावकारिताबाट स्थानीय सरकारप्रति जनताले आफ्नो धारणा बनाउने गर्दछन् । स्थानीय सरकारले अब्बल काम गरेको भन्न नसके पनि कतिपयले चुनौतीका बावजूद राम्रो काम गरेका छन् । केहि पालिकाले नयाँ कामको थालनी पनि गरेको छन् । फेरि समग्रमा अध्ययन गर्दा यस अवधिसम्म स्थानीय सरकारले अपेक्षित सफलता हासिल गर्न सकेको देखिँदैन ।
यसका कारणमा आवश्यक कानुनको अभाव, जिम्मेवारीमा अस्पष्टता, तहगत समन्वयको कमी, सहकार्य, संस्कृतिको अभाव, जनशक्तिको कमी, दक्ष प्राविधिक जनशक्तिको समस्या, अनुभवको कमी, आवश्यकता अुनुसार कार्य सम्पादन गर्न स्रोतसाधनमा कमी, पूर्वाधारको समस्या, भौगोलिक, विकटता र छरिएको बस्तीका कारण सेवा प्रवाहमा कठिनाइ, राजनीतक समझदारीको अभाव लगायत छन् । करारमा जनशक्ति पूर्ति गर्दा आफन्तलाई नियुक्ति गर्ने त्योपनि सम्बन्धित बिषयमा ज्ञानको कमि भएकाहरु, उपभोक्ता समितिमा आफ्नो मान्छे राख्ने, अख्तियार दुरुपयोग अनुसन्धान अयोग र महालेखा परीक्षकको निर्देशन विपरीत काम गर्ने प्रवृत्तिपनि त्यतिकै बढ्दो देखिन्छ । यस्तो अवस्था रहिरहेमा सुशासन कायम हुन सक्दैन ।

बिकास र समृद्धि भनेको विना तयारी सम्भव छैन । अझ विशेषगरी विषय विज्ञहरुको राय, सल्लाह र सझावसहित जनप्रतिनिधिद्वारा अनुमोदित नीति, योजना र कार्यक्रम निर्माण, छनोट, साधन स्रोतको पहिचान र परिचानल प्राप्त हक अधिकारको कार्यान्वयन एवं तात्कालीन मध्यकालीन र दीर्घकालीन दृष्टिकोण डकुमेन्ट निर्माण लगायतका विषयम गम्भिर्तापूर्वक जुगल सरकार लागिपरेको छ ।

“सामाजिक न्यायसतिको समृद्ध जुगल”को नारा सहित अगाडी बढेको जुगल सरकारले ४ महिना बिताइसकेको छ । नयाँ सरकारले समृद्ध जुगलका लागि केहि गर्छ भन्ने जुगलबासीको उत्साह र फर्खाइ उतिकै रहेको छ तसर्थ अहिलेसम्म गरेका र गर्दै आएको केहि योजनाहरु प्रस्तुत गर्ने कोशिस गरेको छु ।
२०७९ बैशाख ३० गते सम्पन्न दोस्रो स्थानीय निर्वाचन पछि बनेको जुगल सरकारले “सामाजिक न्यायसहितको समृद्ध जुगल’’ ’भन्ने नराालाई अगाडि सार्दै बिगतका कार्यक्रमहरुको समिक्षा गर्दै सकरात्मक पक्ष र दिर्घकालीन योजनाहरुको निरन्तरता दिँदै केहि महत्वकांक्षी योजनाहरुसहित आवश्यकता र प्राथमिकताको आधारमा शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखी जुगल गाउँसभाको १२औं अधिवेशनबाट गाउँपालिकाको आ.व. ०७९।८०को नीति तथा कार्यक्रम मार्फत जुगल सरकार अगाडी बढेको छ । स्थानीय तहको निर्वाचनले राजनीतिक बृत्तमा नयाँ आयाम थपेको छ र यसले नेपालको लोकतान्त्रिक प्रकृयालाई अझ परिपक्व तथा संस्थागत बनाउन यो निर्वाचन प्रकिया कोसेढुंगा सावित हुनेमा हामी विश्वस्ता छौ । स्थानीय निर्वाचन नेपालको राजनीतिक स्थायित्वसँग मात्र जोडिएको छैन यो समग्र अर्थतन्त्रको दिगो विकाससँग पनि जोडिएको छ र यसका लागि निर्वाचन प्रक्रियाबाट चुनिएर आएका राजनीतिक प्रतिनिधिहरुको काम गर्न सक्ने क्षमता, दक्षता तथा इच्छाशक्ति दृढ हुन आवश्यक रहेको मैले महसुस गरेको छु र अहिलेको टिम यसमा सक्षम रहेको मैले पाएको छु ।

हाम्रो संकल्प ः
१. मैले बुझेको राजनीति भनेको सेवा कर्म हो त्यसैले हामी जनप्रतिनिधीहरु शासक होइन
जतनाको सेवक भइरहनेछ साथै जुगललाई आत्मनिर्भर बनाउन जुगलको आर्थिक सामाजिक, साँस्कृतिक तथा यसको चौतर्फी विकासका लागि हामी जनप्रतिधीहरु एक भइ जुगल गाउँपालिकालाई छिट्टै विकसति पालिकाको रुपमा चिनाउन लागिपर्नेछ ।

२. हामी पालिकालाई पारदर्शी, जवाफदेही सहितको सुशासन युक्त गाउँपालिका बनाईने छ र भ्रष्टचारी, व्यक्तीवादी, अनियमितता र सार्वजनिक सम्पतीको दोहन गर्नेहरुलाई कानुनी कारबाहीको दायरामा पु¥याउन अग्रणी भूमिका खेल्ने छन् ।
रेशम स्याङ्बो
अध्यक्ष
जुगल गाउँपालिका

विगत पाँच बर्षमा स्थानीय तहका नेतृत्वले गरेका कामहरुकोपनि समिक्षा गर्दा ः
अस्तब्यस्त प्रशासनिक संरचनाका कारण बिगतका जननिर्वचित टिमले आरामले शान्तपूर्वक सिर्जनशील कुरा सोच्न तथा बिषयबस्तुमा छलफल गर्न पाएन कि भन्ने मेरो समिक्षा हो । यसैको परिणामस्वरुप स्थानीय तहहरुमा संघ र प्रदेश सरकारले विभिन्न शिर्षकमा पठाएका अनुदान कार्यक्रमहरु कार्यान्वयन गर्ने निकाय मात्र हुन पुगेको हो कि भन्ने ठम्याइ हो । साथै राजनीतिक नेतृत्वको अस्तब्यस्त जीवनशैलीका कारणले गर्दापनि स्थानीय सरकारहरुले चाहेबमोजिक काम गर्न सकेनन् ।
त्यसैले नेतृत्वले सामान्य कुरामा ध्यान दिन सके अस्तब्यस्त प्रशासनिक शैलीमा परिवर्तन हुन सकिनेछ । प्रशासनिक खर्च कम गराउन सकिन्छ विना प्रसंग कार्यकक्षामा घण्टौ कुरा गरेर समय बिताउने प्रबृतिलाई हटाउन सकिन्छ र सकियमा धेरै कुराको सुधार हुने देखिएको छ ।
भन्दा अन्यथा लाग्ल तर नेतृत्वको वरिपरि झुमिरहने हाम्रो सामाजिक शैली र सामुहिक भन्दा आफु केन्द्रित कार्यक्रम र योजनाको आशा र गफगाफको प्रबृतिलाई परिर्वतन गर्न सक्नुपर्छ । विभन्न संघसंस्थाले गर्ने कार्यक्रममा प्रमुखले उपस्थिति हुनैपर्ने चलनलाई परिवर्तन ल्याउन सक्नुपर्छ । जनताको भेटघाट तथा अन्य प्रशासनिक कार्यका लागि हुने ब्यस्ततालाई समय ब्यवस्थापनको योजना बनाउन सके राजनीतिक नेतृत्वको अस्तब्यस्त जीवनशैलि परिवर्तन आउन सक्छ जसले स्थानीय सरकारको कामलाई प्रभावकारी बनाउन सकिन्छ । त्यसैले अबका सरकार प्रमुखले स्मार्ट संस्थागन संरचनातर्फ प्रशासनिक ब्यवस्थालाई रुपान्तरण आवश्यक देखिएको छ ।

 

के गरे के गर्दैछौ ?
१. गाउँसभा र कार्यपालिका बैठक
२. साँगठनिक ढाँचा (इ बलम ः)
३. आब. ७९÷८० को बजेट, निति र योजना
४. कार्यविधिहरु निर्माण
५. जनशक्ति ब्यवस्थापन
६. समृद्धिका लागि समन्वय र सहकार्य
७. पर्यटन बिकासका लागि सहकार्य
८. मुनाफाजन्य आयोजनाका कार्यक्रम
९. मानव संसाधन

१.
कार्यपालिका बैठकहरु
१. अषाढ १० गते जुगल गाउँसभाको १२औं अधिवेशन
२. ३ ओटा कार्यपालिका बैठक सम्पन्न
२. अ.ब. २०७९÷८० मा रु. ८४,९७,४५,३३३ (चौरासी करोड सन्तनब्बे लाख पैत्तलीस हजार तिनसय तेत्तिस) को बजेट तथा योजनाहरु ।

३. सांगठनिक ढाँचा (इ बलम ः)
स्थानीय तहको एकल अधिकार तथा संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार स्थानीय सरकार संचालित ऐन र कर्मचारी समायोजन ऐन बमोजिम जुगल गाउँपालिकाको संगठन संरचना र दरबन्दी गाउँसभाको १२ अधिबेशनले पारित गरि कार्यन्वयन गरिएको छ ।

४. कार्यविधिहरु ः
१. विमा कार्यविधि
२. अध्यक्ष शैक्षिक कोष
३. टोल बिकास संस्था
४. पर्यटन बिकास समिति
५. स्क्याभेटर संचालन कार्यविधि
६. एम्बुलेन्स संंचालन कार्यविधि

टोल बिकास संस्था ः
जुगल गाउपालिकाकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७५ को दफा ४ बमोजिम जुगल कार्यपालिकाले टोल बिकास संस्थाको कार्यविधि पारित गरको छ । स्थानीय विकास प्रक्रियामा टोल तथा बस्ती स्तरमनै नै नागरिक सहभागिता सुनिश्चित गर्दै समाजको आर्थिक, सामाजिक, साँस्कृतिक लगायत विकासका सबै पक्षमा दिगोपन र अपनत्व सृजना गर्न निश्चित भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने नागरिकहरुको सहभागितामा वडा कार्यालयको सहयोगीको रुपमा काम गर्ने गरी गठन गरिएको टोल विकास संस्थाको गठन ले अगामी कार्यक्रमहरुमा प्रभावकारी भुमिका निर्वाह गर्न सकिनेमा विश्वस्ता छौ ।

५. जनशक्ति ब्यवस्थापन

देश संघीय प्रणालीमा रुपान्तरण भएको पाँच बर्ष बितेपनि स्थानीय तहमा भएको कर्मचारी समायोजन निकै कमजोर देखिएको छ । संविधानले सहकार्य, समन्वय तथा सह अस्तित्वका आधामार तिन तहका सरकार समान हैसियतमा संचालन हुने परिकल्पना गरेर स्थानीय तहलाई सेवा प्रवाहको केन्द्रका रुपमा परिभाषित मात्र गरेन त्यसै अुनरुपका अधिकारहरु पनि प्रदा गर्यो तर ती अधिकारको उच्चतम प्रयोगका लागि आवश्यक पर्ने दक्ष कर्मचारी अझै पनि संघीय सरकार मातहत मात्र रहेको देखियो र विभिन्न सरकारी निकायबाट समायोजन भइ आएका र करारमा नियुक्ति गरिएका कम क्षमता भएका कर्मचारीको भरमा स्थानीय सरकार चलेको पाईयो । विश्वमा उच्चस्तरको समृद्धि हासिल गर्ने देशले विकासका लागि चालेको मुख्य कदम भनेकै दक्ष जनशक्तिको ब्यवस्थापन हो । तसर्थ स्थानीय तहहरुलेपनि यो अभ्यासलाई प्रयोग गर्नु अपरिहार्य छ त्यसैले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३ (७) ले स्थानीय सरकारले आफ्नो अवाश्यकतालाई ध्यानमा राखेर सम्बन्धित बिषयमा ज्ञान भएको जनशक्ति व्यवस्थापन गर्न सकिने भएकोले पालिकाले अवाश्यक बिषयमा ज्ञान भएको जनशक्तिको ब्यवस्थापन गर्न लागि परेको छ ।

६. समृद्धिका लागि समन्वय र सहकार्य

नेपालको संविधानले संघ, प्रदेश र स्थानीय सरकारहरुलाई सहकार्य, समन्वय तथा सहअस्तित्वको सैद्धान्तिक अवधारणा अनुसार परिचालित हुनुपर्ने कुराको परिकल्पना गरेको छ तर त्यो अवधारणा अनुसार परिचालित हुन सकिएको देखियन त्यसैले स्थानीय तहहरुले अपेक्षा अुनसारका सामाजिक तथा आर्थिक बिकासमा आफ्नो योगदान देखाउन सकियन भन्ने समिक्षा गर्दै अहिलेको नेतृत्वले सहकार्य समन्वयलाई कसरी आफ्नो पालिकाको समृद्धिको आधार बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिएर आवश्यक गृहकार्यमा जुटेको छ ।
साथै स्थानीय सरकारले लगानी गरेको लगानीबाट अपेक्षाकृत रुपमा पँुजी निर्माणका लागि अर्थात पालिकालाई आर्थिक केन्द्रको रुपमा बिकास गर्न एक्लै नभै अन्तरपालिका सहकार्यलाई साध्यका रुपमा लिइ विभिन्न कार्यक्रमहरु तय गरिएको छ ।

७. पर्यटन बिकासका लागि सहकार्य

आर्थिक विकासलाई फराकिलो बनानउ स्थानीय तहले तुलानात्मक र प्रतिस्पर्धात्मक लाभ बढि हुने, जनताको आर्थिक क्रियाकलाप बृद्धि हुने स्थानीय तहको आकर्षण बढ्ने तथा जनतलाई गतिशील बनाउन सकिने क्षेत्रहरु मध्येमा नेपालको सन्दर्भमा उच्च दरको पँुजी निर्माणमा सघाउ पुर्याउन सक्ने क्षेत्र पर्यटन हो । यसैगरि नेपालको राजधानी काठमाणडौको सबैभन्दा नजिक रहेको जुगल हिमश्रृंखला, यसको आधारक्षेत्रमा रहेको धार्मिक महत्व रहेको नेपेमासाल, नेपालको बिभिन्न पासहरुमध्येका महत्वपुर्ण पास तिलमानपास, प्राकृतिक तथा धार्मिक महत्व रहेको भैरकुण्ड क्षेत्रको बिकास प्रबद्र्धनका लागि अन्तरपालिका सहयकार्यका लागि पाँचपोखरी थाङपाल गाउँपालिका, भोटेकोशी गाउँपालिका र रसुवाको गोसाईकुण्ड गाउँपालिकाहरु सँग एकिकृति पर्यटन योजनाका प्रारम्भिक छलफलहरु आगढी बढेको छ ।

(क) “गन्तब्य जुगल” सार्वजनिक ः जुगल गाउँपालिका भित्र रहेका पर्यटकीय आकर्षण र गन्तब्यहरुको जानकारी तस्बीर सहितको गन्तब्य जुगल नामक पुस्ताकलाई प्रकाशित गरि यहि मिती २०७९ भाद्र १० गते सम्माननीय सभामुखबाट सार्वजनिक गरियो ।

(ख) अन्स्टोप्एबल प्रोजेक्ट ः
जुगल हिमश्रृंखलाको प्रबद्र्धनका लागि एक महत्वकांक्षी कार्यक्रम अन्स्टोपएबल प्रोजेक्ट नामक ३ बर्षे कार्यक्रमलाई अगाडी सारिएको छ । जुगल हिमश्रृंखला लगायत पालिका भित्र रहेको अन्य प्राकृतिक, धार्मिक, साँस्कृतिक महत्वका ठाउँहरु र यहाँका जीवन शैलीलाई समेतलाई समेटेर एक बृत्तचित्र निर्माण गर्ने र यसका लागि २०२३ मा विश्वका फरक फरक देशका हिमाल आरोहणमा विश्व रेकर्ड राखिएका साहसी महिलाहरुले जुगल हिमाल आरोहण गरिने र यहि समयमा निर्माण गरिएको बृत्त चित्रलाई २०२४ मा विश्वको सबैभन्दा ठुलो आउटडोर फिल्म फेस्टिबल केन्डल माउन्टेल फेस्टिबलमा विश्वको बिभिन्न देशहरुमा प्रदर्शन गरिने कार्यक्रम तय भएको र यसका लागि बेलायत र नेपालमा यसै बर्ष कार्यक्रमको उद्घाटनका लागि लागिपरेको छ । यसै कार्यक्रमको लोगो यहि मिती २०७९ भाद्र १० गते सम्माननीय सभामुखबाट लोगो सार्वजनिक गरियो

अन्य पर्यटकीय योजनाहरु ः
जुगल भिउ प्वाइन्ट, मञ्जुश्री पार्क, दोमोङपोखरी, बुद्ध पार्क लगायतका पर्यटन योजनाहरुको परियोजना फाइलहरु तयारी क्रममा रहेको छ ।

८. मुनाफाजन्य आयोजनाका कार्यक्रम

बिगत पाँच बर्षको प्रतिवेदनले सबैभन्दा ठुलो चुनौती भनेको आन्तरिक आयमा अभिबृद्धि गर्न नसक्नु देखिएको छ । संघ तथा प्रदेश सरकारले समानीकरण अनुदानको मात्र घटाउदै सशर्त अनुदानको मात्रा बढाउँदै गएका छन् जसले गर्दा स्थानीय सरकार क्रमिक रुपमा पराधिन हुदै गएको देखिन्छ । तसर्थ स्थानीय सरकार स्वाधीन बन्न आतरिक आय अभिबृद्धि गर्नका लागि आवश्यकता आधारमा निजी क्षेत्र, सहकारी तथा स्थानीय जनतासँगको सहकार्यमा मुनाफाजन्य क्षेत्रको पहिचान गरी संयुक्त लगानी गर्ने वातावरणको तयार पार्नका लागि बिभिन्न चरणको भेटघाटका साथै कार्यक्रमहरु तयार हुदैछ ।

९. मानव संसाधन ः
विकास भनौ वा समृद्धि भनौ यी सब कुरा प्राप्त गर्ने प्रमुख कडी भनेकै क्षमतावान मानव संसाधन उत्पादन हो । विकसित पालिको पहिलो खुडकिलो चढ्नका लागि पहिलो हतियार नै दक्ष तथा सिपयुक्त मानव संसाधन नै हो तसर्थ बालबालिका तथा युवाहरुलाई दक्ष बनाउने ती युवाहरुलाई अध्ययन, अनुसन्धानमा कसरी जोड्न सकिन्छ भनि बिषयगत विज्ञहरुसँग भेटघाट र प्रारम्भिक छलफलहरु हुदै आएको छ । यस सन्दर्भमा विश्व समावेशी साहसी संस्थाको साझदारीमा जुगल गाउपालिका भित्रका ५० जना १२ कक्षामा अध्ययरत किशोरीहरुलाई श्री रत्न राज्य मा.बिमा बिभिन्न बिषयमा हुने २ बर्षे कक्षा तथा तालिन संचालन भएको छ । साथै प्राविधिक शिक्षालय शुरु गर्न परियोजना फाइलहरु तयार हुदैछ ।

अन्तमा ः
शिक्षा, स्वास्थ्य उत्पादन र रोजगारलाई बिशेष प्राथमिकता दिइ गाउँपालिकाको सर्वागींन बिकासका लागि बिभिन्न औपचारिक, अनौपचारिक बैठक र विज्ञहरुको विज्ञता र अनुभविहरुको सल्लाह सुझावको आधारमा जुगल सरकार अगाडी बढेको छ । पालिकाको प्रत्येक वडाहरुमा कम्तिमा एक–एक वटा संरचना, एक वडा एक उत्पादनमा जोड दिएको छ साथै विगतको सरकारले थालनी गरेको राम्रा कार्यक्रम तथा क्रमागत योजनाहरलाई निरन्तरता दिइ थप नयाँ तथा दिर्घकालिन योजनाहरु सहित अगाडी सारिएको योजनाहरु कार्यान्वयनमा सफल हुनेमा म विश्वस्त छु । जुगल सरकार अगामी दिनहरुमा समेत बिकासका सम्पुर्ण क्षेत्रहरुलाई समानुपातिक रुपमा समेट्ने प्रयासरत हुनेमा विश्वास लिएको छु । क्रमिक रुपमा सबै आवश्यकताहरु पुरा गर्न गाउँपालिका अग्रसर रहने छ । आर्थिक, सामाजिक, पुर्वाधार विकास, वातवारण तथा विपद्ब्यवस्थापन, सुशासन तथा संस्थागत बिकास विषयगत क्षेत्रलाई लक्षित गरी समृद्ध जुगल निर्माण कार्यलाई मार्ग दर्शन गर्न अपरिहार्य भएकोले यसको सफल कार्यान्वयनमा आम जुगलबासी दाजुभाइ दिदिबहिनी, नागरिक समाज, कर्मचारी एवं राजनैतिक दल लगायत सबैमा हार्दिक अनुरोध गर्दछु ।

मिलन तामाङ

प्रतिक्रिया दिनुहोस्