२०८१ कार्तिक ६
                           

इन्द्रावती गाउँपालिकाले पाँच बर्षको योजना बैङ्कको खाका तयार पारेको छ ः आचार्य

भदौ २१, इन्द्रावती गाउँपालिकाले पाँच बर्षको योजना बैङ्कको खाका तयार पारेको छ । पहिलो उद्देश्य उत्पादनमुलक काममा जोड, इन्द्रावतीका मुख्यमख्य सडक पाँच बर्षमा पिच गर्ने लक्ष्य, धार्मिक तथा साँस्कृतिक महत्वका क्षेत्रहरूलाई संरक्षित गरेर पर्यटक आकर्षित गर्ने, शैक्षिक गुणस्तर अभिबृद्वि गर्ने लगायतका कुराहरू योजना बैङ्कमा समावेश गरिएको गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो।ुनागरिकका अपेक्षा धेरै छन । चाँडो बिकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । पहिलाको नेतृत्व भन्दा अहिले के फरक छ नागरिकले हेरिरहेका छनु, आचार्यले भन्नुभयो ।

ुयोजना बैङ्क भित्र पुर्वाधार बिकासमा के गर्ने भन्ने योजना छ । त्यस अन्तर्गत सबै रोड हिउँद वर्षा चल्ने बनाउने लक्ष्य लिएका छौँु, आचार्यले भन्नुभयो । नागरिकलाई उत्पादन मुलक काममा लाग्न प्रोत्साहन गर्ने, धार्मिक साँस्कृतिक महत्वका क्षेत्रहरू संरक्षित गरेर पर्यटक आकर्षित गर्ने, होम स्टे सञ्चालन गर्ने र पर्यटक बढाउने जस्ता योजना हरू पाँच बर्षको योजना बैङ्कमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको शैक्षिक अवस्था दयनिय भएको प्रवक्ता आचार्यले जानकारी  दिनुभयो । यसको सुधारको लागि विशेष महत्व दिने आचार्यले जानकारी दिनुभयो । स्वास्थ्य संस्थालाई सुधार गर्ने, नवलपुर अस्पतालमा आएका बिरामीलाई अन्त जान नपर्ने गरि काम गर्ने प्रतिवद्वता समेत छ । बिकास आयोजनामा हुने हिनामिना अन्त्य गर्ने लक्ष्य समेत योजना बैङ्कमा समावेश गरिएको छ ।

के छन इन्द्रावती ५ मा उनका प्राथमिकता  

इन्द्रावती गाउँपालिका ५ का वडा अध्यक्ष समेत रहेका आचार्यले यस वडा केन्द्र भागमा रहेकाले यश क्षेत्रलाई धेरैले महत्वका साथ हेरेको बताउनुभयो । वडाले पनि जनभावना अनुरूप काम गर्दै जाने  बताउनुभयो । वडामा भएका धार्मिक महत्वका स्थानलाई प्रवर्द्वन गर्ने, मुख्य सडकलाई क्रमस स्तरोन्नती गर्दै लैजाने, कृषिलाई प्राथमिकता दिएर टनेल लगायतका सामाग्रीहरू सहयोग गर्ने उहाँले बताउनुभयो । आलु उत्पादन गर्ने किसानलाई आलु सुरक्षित गर्नको लागि सितभण्डार सम्म लैजान एकतर्फी भाडा वडाले ब्यबस्था गर्ने आचार्यले जानकारी दिनुभयो ।खानेपानी लाई सुरक्षित गर्ने, नागरिकका न्युनतम अपेक्षा पूरा गर्ने, सार्वजनिक चौताराहरू बनाउने जस्ता कुराहरू प्राथमिकताका साथ अघि बढाउने उहाँले जानकारी दिनुभयो । जनप्रतिनिधि कहिँ कतै नराम्रो बाटोमा लागे सबैले खबरदारी गर्नुपर्ने उहाँले बतानुभयो । ुचुनावको बेला ब्यक्त गरेको प्रतिवद्वता नै बिकास रूपान्तरण र सत्कर्मको थियो र सोहि बाटोमा लाग्ने प्रतिवद्वता ब्यक्त गर्दछौँु, उहाँले थप्नुभयो ।

प्रतिक्रिया दिनुहोस्