२०८१ श्रावण १२
                           

मेयर सापकोटाद्धारा पुन स्थापना केन्द्रलाई १० हजार सहयोग, मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसमा चौतारामा प्रभातफेरी

भदौ २० — सोमबार (आज) मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस मनाइँदैछ । विभिन्न सस्थाको सहयोग तथा चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना आज चौतारा बजारमा प्रभातफेरी कार्यक्रम गरीएको छ । मानव बेचबिखन विरुद्धका प्ले कार्डसहित निकालिएको ¥याली भिन्तुना चोकबाट सुरु भएर बजार परिक्रमा गर्दै टुडिखेलमा आएपछि कोणसभा गर्दै समापन भएको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
यस्तै चौतारा सांगाचोगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताउनुभयो ।
कोण सभा चौतारा सांगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको समापन गर्दै उपप्रमुख थापाले मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा शक्ति समुहले संचालन गरेको पुनस्थापना केन्द्रलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले नगद नगद १० हजार सहयोग पनि गर्नुभएको छ । यो पुनस्थापना केन्द्रमा अहिले २१ जना बसिरहेका छन् । यस्तै एक झोला सरसफाई किट पनि वितरण गरिएको छ ।
पछिल्लो समय कामका लागि विदेश लगिएका महिलासमेत बेचबिखनमा पर्ने क्रम बढेको छ ।
मानव अधिकार आयोगका अनुसार नेपालमा वयस्क मनोरञ्जन क्षेत्रका, वैदेशिक रोजगारीमा गएका र निकृष्ट बालश्रममा महिला र बालबालिका बेचबिखनमा पर्ने गरेका छन् ।

 

 

प्रभात फेरीका दृस्य

 

प्रतिक्रिया दिनुहोस्