२०८१ श्रावण १२
                           

राप्रपा सिन्धुपाल्चोकले छान्यो उम्मेदवारहरु ,पशुपति शम्शेर प्रत्यक्षमै चुनाव लड्ने

५ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नामावली सिफारिस गरेको छ। प्रतिनिधि सभाको क्षेत्र नम्बर -२ तर्फ राप्रपाले प्रत्यक्षमा पशुपति शमशेर राणा, नरसिंह श्रेष्ठ (गोपाल), गोपीकृष्ण चौलागाईं र लिलादेवी चौलागाईंको नाम सिफारिस गरेको छ। त्यस्तै प्रदेश सभा – २ मा प्रत्यक्षतर्फ मदन केसी, इन्द्रबहादुर अधिकारी र सम्झना भट्टराई र प्रदेश ख तर्फ गोविन्द गुरुङ, भिमसेन खनाल र सम्झना भट्टराईको नाम सिफारिस गरेको छ।

जिल्ला अध्यक्षलाई क्षेत्रीय अध्यक्ष कुमारी तामाङले नाम सिफारिस गरेकी हुन् । उम्मेदवारको नाम सिफारिस गरिएको बोदार्थ बागमती प्रदेश कार्यसमिति , केन्द्रीय सचिवालय र केन्द्रीय कार्यसमितिलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्