२०८१ श्रावण १२
                           

लिसंखु पाखर गाउँपालिकाले कान्छा सगरमाथा आरोही शम्भु तामाङको शालिक निर्माण गर्ने

असार ३२,  जिल्लाको लिसंखु पाखर गाउँपालिकाले विश्वकै कम उमेरको सगरमाथा आरोही शम्भु तामाङको सम्मान स्वरुप शालिक निर्माण गर्ने भएको छ ।कार्यापालिका बैठकमा गाउँपालिकाका अध्यक्ष राजु लामाले गरेको प्रस्तावलाई कार्यपालिकाका सबै सदस्यहरुले पास हुने गरी अनुमोदन गरेका हुन् ।

अध्यक्ष लामाले विश्व किर्तिमान शम्भु तामाङको सम्झनामा स्मृति पार्क तथा शालिक निर्माण गरिने बताउदै शालिक तथा स्मृति पार्क निर्माणका लागि उपयुक्त ठाउँ छनौट गरिने बताउनुभयो । कान्छो सगरमाथा आरोही शम्भु तामाङ क्यान्सरका कारण गएको असार २३ गते निधन भएको थियो ।

१८ वर्षको उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व रेकर्ड राखेर आरोही तामाङले नेपाललाई विश्वभर चिनाउनुभएको थियो । उहाँले सन् १९७३ मे ५ तारिखका दिन सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसबेला उहाँको १७ वर्ष ६ महिना १५ दिन उमेर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्