२०८२ असार ३
                           

भूकम्प र लिदी पहिरो पीडित बालिकाको पठनपाठनका लागि माओवादी नेता सुबोधको पहल

३१ असार,  सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२ लिदीकी भूकम्प र पहिरो पीडित असमाइ दोङको पठनपाठनको व्यवस्थापन भएको छ ।
२०७२ सालको भूकम्पमा परी राम्रोसँग बोल्न र हिड्न नसक्ने दोङकोे माओवादी पोलिटव्युरो सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज माधव सापकोटा ‘सुबोध’को पहलमा शिक्षा दिक्षाका व्यवस्थापन भएको हो ।
२०७७ श्रावण ३० गतेको लिदी पहिरो पीडित समेत रहेकी उनको पठन–पाठन एवं बसोबासको व्यवस्थापन असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेसन नेपाल, ललितपुरमा हुने भएको छ ।
दोङको शिक्षा र संरक्षणको आवश्यकता भएको थाहा पाएपछि नेता सुबोधले पलह कदमी लिएको र सोही अनुसार पठनपाठनको व्यवस्था भएको बालिकाको नजिकका आफन्तले जानकारी दिएका छन् । उनी हाल १४ बर्ष भएकी छिन् ।
२०७२ सालको भूकम्पमा घाइते उनको त्यस बेला पनि माओवादी नेता सुबोधले नै उद्धार गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्