२०८२ असार ३
                           

मेलम्चीमा बाढी पहिरोको पूर्व तयारीका लागि कृत्रिम अभ्यास

असार ८, सिन्धुपाल्चोककोे मेलम्चीे स्थित मेलम्ची नदि किनारमा आज बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । कालिजङ्ग गण मेलम्ची गुल्मको आयोजनामा मेलम्ची नदि किनारमा बाढी र पहिरोको कृत्रिम अभ्यास सम्पन्न भएको हो ।

बाढी र पहिरोका बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारका लागि कृत्रिम अभ्यास गरिएको नेपाली सेनाको २६ बाहिनी अड्डाको बाहिनी पति सहायक रथी ज्योतेन्द्र महतले जानकारी दिनुभयो । मेलम्चीमा पौडी खेल्दै गरेका १ ब्यक्तिलाई नदीले बगाउँने र उनलार्ई जिउँदै उद्दार गर्ने अभ्यास गरिएको हो ।

बाढीले बगाएका व्यक्तिको उद्धार गरी जनधनको क्षति रोक्न सुरक्षा निकाय परिचालित कसरी गर्ने, सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गामार्फत डुबेकालाई कसरी निकाल्ने, बाहिर निकालेर प्राथमिक उपचार कसरी गर्ने तथा अस्पताल सम्म कसरी पठाउने भन्ने विषयमा अभ्यास गरेको थियो । घटना अभ्यासमा पहिरोले घरमा फसेकाहरुको डोरीको साहायताले गरिने उद्धार, घरमा फसेकाहरुको एक स्थानबाट कसरी उद्धार गर्ने भन्ने देखाइएको थियो ।

उद्धार सामग्री र जनशक्तिको अद्यावधिक तथा पुनर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ यस वर्ष पनि बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको कालिजंग गणको गणपति मिलन थापाले बताउनुभयो ।कार्यक्रममा उद्धार सामग्रीहरुको प्रर्दशनी समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्