२०८१ श्रावण १२
                           

सामाग्री ढुवानी गर्दा स्वास्थ्य जाँच अनिवार्य

बन्देउ- जिल्लाभित्र विकास निर्माणका काम गर्न आयोजना सुचारु हुन थालेपछि स्थानीय सिन्धुपाल्चोकका स्थानीय तहले निर्माण सामाग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परिक्षण गर्ने भएको छ । सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकको सहकार्यमा सवारीचालक तथा सहचालकको स्वास्थ्य परिक्षण गर्न थालीएको हो ।
सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनाहरुमा काभ्रेको बनेपा सहित तराइका जिल्लाहरुबाट रड, सिमेन्ट, फलाम जस्ता सामाग्री ढुवानी गरिन्छ । यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा किटनाशक औषधी छर्कीएर व्यक्तिको स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश दिने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले बताए । सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारी साधन पनि गुड्ने भएकोले सबै यात्रुको समेत परिषण गरेर मात्रै पठाइने मेयर तामाङले बताए ।
लकडाउनको अवधि वढ्दै गएपछि जिल्लामा रोकीएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारी साधानको आवतजावत बढेको छ । गाँउमा अन्य जिल्लाबाट सवारीसाधन आउन थालेपनि स्थानीय त्रसीत भएका थिए । त्यसैले जिल्लामा कोरोना भित्रन नदिन स्थानीउ्यलाई समेत आश्वस्त बनाउन यस्तो काम थालीएको हो ।
त्यस्तै नगरपालिकाले अन्य जिल्लाबाट आएका कामदार तथा स्थानीयहरु र कोरोनाको शंका लागि क्वारेन्टायनमा बसेकाहरुको आरटीडी परिक्षण गरेको छ । एकै दिन २० भन्दा बढी व्यक्तिको परिक्षण गरिएकोमा सबैको नेगेटीभ नतीजा आएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्