२०८१ माघ २४
                           

सिन्धुपाल्चोकको अर्गानिक कफी विदेशमा समेत निर्यात, आम्दानी बढ्दा कृषक हर्षित्

असार ३ – राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार नेपालमा उत्पादित कुल कफीमध्ये झण्डै ६० प्रतिशत निर्यात हुने गरेको छ । नेपालमा पनि कफीको माग बढिरहेकाले यसको खेतिमा किसानहरुको आकर्षण राम्रो देखिन्छ । ९ वर्षदेखि सिन्धुपाल्चोकको अर्गानिक प्रमाणित कफी जापान, अष्ट्रेलिया र कोरियामा लगायतका देशमा निर्यात भइरहेको छ । किसानले पनि कफी खेतिबाट वार्षिक तीन देखि पाँच लाखसम्म आम्दानी लिईरहेका छन् ।
गतवर्ष ताजा चेरीको प्रति किलो ९० रुपैँया पाएका सिन्धुपाल्चोकका किसानले यो वर्ष ९५ रुपैँया पाएका छन् । यसपाली जिल्लामा २५ हजार किलो कफी उत्पादन भएको र कफी निर्यातबाट एक करोड भन्दा बढि भित्रिएको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकका अध्यक्ष मन्दु थापाले बताउनुभयो ।
सिन्धुपाल्चोकमा २१ सय ५० किसान व्यवसायिक कफी खेतीमा आबद्ध छन् । जिल्लामा झण्डै २० वर्ष अघिबाट व्यवसायिक कफी खेति सुरु भएको हो । पछिल्लो १० वर्ष यता जिल्ला कफी सहकारी संघले उत्पालित कफीको बजारीकरण गर्दै आएको छ । संघका अनुसार जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा व्यवसायिक कफीखेती हुँदै आएको छ । हाल बजारको कुनै समस्या नरहेको किसान ढकप्रसाद प्याकुरेले बताउनुहुन्छ ।
कफी खेतीमा किसानको आकर्षण तथा हावापानी र वातावरण उपयुक्त देखिएपछि कृषि ज्ञान केन्द्र काभ्रेले हरेक साल प्राविधिक र आर्थिक सहयोग गर्दै आएको बागबानी विकास अधिकृत, उमेश सापकोटा बताउनुहुन्छ ।
विदेशी मुद्रा आर्जनको गतिलो स्रोत बन्दै गएको नगदेबाली कफीमा देखिने सेतो गबारो र सिन्दुरे रोगले किसानलाई बेला बेलामा सताउने गरेको छ । तर बाँदर र जंगली जनावरका कारण बाँझो बनेका जमिनमा कफी खेति हुन थालेपछि किसान खुशी छन् ।

प्रतिक्रिया दिनुहोस्