२०८१ माघ २४
                           

सामाजिक सञ्जालमा आइरहने महिला हिंसाका घटना, किन दोहोरिरहन्छन् ?

जेठ ११,

सफलता भण्डारी । पछिल्लो समयम सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । गत बुधबार ‘सुसी खान जाने हो’ टिकटक एकाउटबाट एक युवतीले आफू बलात्कारको सिकार भएको जानकारी दिइन् । २/२ मिनेटका २० वटा भिडियोमा उनले कहिले ? कसरी रु बलात्कृत भइन् त्यसबारे जानकारी दिएकी छन् ।अहिले उनको टिकटक एकाउन्ट टिकटकले ब्यान्ड गरिसकिएको छ । तर, उनको इन्स्टाग्राममा भने हेर्न सकिन्छ । उनले भिडियोमा आफूले बाल्यकालमा नै केहि फिल्महरू खेलेको र मोडल बन्ने सपना रहेको बताएकी छिन् ।

सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी भएको र प्रतियोगितामा दोस्रो भएको उनले बताएकी छिन् । त्यहि कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको उनको भनाइ छ ।कार्यक्रम सकिएपछि उनले एक दिन कल गरेर सक्सेस पार्टी छ, रेडी भएर आउनू भनेर एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा गरेको उनले बताएकी छिन् ।पीडितले भनेकी छन्, ‘म उनले बोलाए अनुसार होटलमा जाँदा अरु कोही देखिनँ, अरु खोइ त भनेर सोध्दा उनले तिमी धेरै चाँडो आयौं, पार्टी ६–७ बजेदेखि छ भनेका थिए ।’

केहीबेरपछि होटलका कर्मचारीले आफूलाई ‘लेमनेड’ दिएको र त्यो खाएको १०–१५ मिनेटमा आफू लठ्ठिएको उनको भनाइ छ । त्यसपछि आफुले त्यो व्यक्तिलाई म घर जान चाहन्छु, मलाई असहज महसुस भयो भनेको र उनले अरुले के सोच्छ भन्दै बस्न दबाब दिएको बताएकी छिन् ।आफूलाई यौन हिंसा गर्ने व्यक्तिले केटीहरूले धेरै पिउन सक्छन्, समस्या हुनसक्छ भनेर राख्नलाई रुम लिएको बताएको र त्यहाँ आराम गर्न भनेको पनि उनले भनेकी छन् । उनले गएर रेस्ट गर, सबै आएपछि उठाउन बोलाउँछु भनेको पनि उनले बताएकी छिन् ।तर, म बेहोसीमा भएको र बेलाबेलामा होसमा आउँदा उसले जबरजस्ती करणी गरिरहेको थाहाँ पाएको पनि उनले बताएकी छिन् । बिहान साढे ४–५ बजे होस खुल्दा आफू र ती व्यक्तिलाई नग्न अवस्थामा पाएको उनको भनाइ छ ।

त्यतिबेला आफूलाई के भयो भनेर विश्वासै गर्न नसकेको र आफू जत्तिको मान्छे पनि बलात्कृत हुन्छु होला भनेर कल्पनै नगरेको उनले बताएकी छिन् ।त्यहाँ आफू एकदमै रोइरहेका बेला ती व्यक्तिले आफ्नो झोलामा २० हजार हालिदिएर तलाईं पैसा चाहिएको थियो, त्यसैले तैंले भने अनुसार नै सबै भएको भन्दै धम्क्याएको उनले बताएकी छन् ।त्यतिबेला उनले आफ्नो नग्न तस्वीर र भिडियो खिचेको र कसैलाई घटनाबारे बताए सार्वजनिक गरिदिने भन्दै धम्की दिएको उनले भनेकी छन् । उनले आफ्ना अनलाईनमा साथी भएको र त्यहाँबाट नग्न तस्वीर निकालिदिन्छु भनेको पनि बताइन् ।६ महिनासम्म जतिबेला उसलाई चाहिन्थ्यो, उसले कल गरिरहने र आफूसँग सम्बन्ध राख्ने उनले बताएकी छिन् ।

त्यो समयमा एक जना खड्का थरका उनका केटा साथीले उनलाई निकै सहयोग गरकोे र आफूलाई यौन हिंसा गर्ने व्यक्तिको कन्सल्टेन्सीमा गएर कन्सल्टेन्सी सञ्चालक र फोटो पत्रकार दुवैलाई राखेर फोन रेकर्ड, मलाई गरेको म्यासेज सबै देखाइदिएको उनले बताएकी छिन् ।त्यो समयमा आपूmले पूर्वमिस नेपाल माल्भिका सुब्बालाई घटनाबारे बताएको र सहयोग गर्न भनेपनि सुब्बाले आफूलाई सहयोग नगरेको उनको भनाइ छ । आफूलाई हिंसा गर्ने व्यक्ति माल्भिकाको कोरियोग्राफर रहेको उनले बताएकी छिन् ।

त्यसपछि आफू उक्त घटनाले मानसिक रुपमा कमजोर भएको र सबै कुरा कसैलाई भन्न नसकेको उनले बताएकी छिन् । आफूसँग सम्बन्धमा बसेका केटा साथीहरूलाई उक्त घटनाको बारेमा सुनाएपनि उनीहरूले नै उल्टै आफूमाथि हिंसा गरेको उनले बताएकी छिन् ।यो त पछिल्लो समय चर्चामा आएको घटना हो । यसअघि पनि यस्तै घटना सामाजीक सञ्जालमै आएको थियो । एकजना प्रसिद्ध गायिका र नायकको विषयमा । त्यस अघि पनि नायिका र नायकको विषयमा यस्तै घटना आएको थियो । यस्ता कैयन घटना हुने गरेका छन्, हाम्रै समाजमा । तर, त्यसबारे जानकारी बाहिरिँदैन । कारण, समाजले के भन्ला रु अभिभावकमाथि कस्तो प्रभाव पर्ला रु यस्ता प्रश्नले बलात्कृत भएकाहरू डराउँदै आफूलाई बारम्बार बलात्कारीलाई सुम्पिनु परिरहेको हुन्छ । यी सबका बीच पीडितलाई न्याय दिलाउने, उसलाई न्यायका लागि लड्नका लागि हौसला दिनुको साटो सस्तो लोकप्रियता कमाउने होड पनि पछिल्लो समय चलेको देखिन्छ ।

कसैलाई पीडा परिरहँदा उसलाई सान्त्वना दिनुको साटो उसको दुःखलाई आफू चर्चित हुन खोज्नु पनि बिडम्बना नै लाग्छ । पूर्व मिस नेपाल माल्भिकाको नाम घटनामा आइसके पछि उनले आफू त्यो समय डिप्रेसनमा रहेको प्रतिक्रिया दिइन् । उनको यो प्रतिक्रियालाई लिएर अहिले नेपाली चलचित्र जगत नै तरङ्गित बनेको छ भने संसदमा दोषीलाई कारबाही र बलात्कार मुद्दामा हदम्याद हटाउन माग उठ्न थालेको छ । माल्भिकाको प्रतिक्रियामा नायिका प्रियङ्का कार्की, निशा अधिकारी लगायतले समर्थन जनाएका छन् भने उद्घोषक आशिफ साह र पीडिताको पक्षमा रहेकाहरूले विरोध अनि असन्तुष्टि जनाएका छन् ।

यता संसदमा दोषीलाई कारबाहीको माग र बलात्कारको मुद्दामा हदम्याद हटाउन माग हुन थालेको छ भने महिला सांसदहरूले सौन्दर्य प्रतियोगिता नै रोक्न माग गर्न थालेका छन् । सोमवार बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले जबरजस्ती करणीसम्बन्धी मुद्दाका लागि प्रचलित हदम्यादको प्रावधानलाई पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी, गृह मन्त्रालय र महिला मन्त्रालयका अधिकारीहरूसँगको छलफलपछि समितिले सरकारलाई हदम्यादको व्यवस्था पुनरावलोकन गर्न निर्देशन दिएको हो । महिला सांसदहरूले भने नेपालमा सौन्दर्य प्रतियोगिता रोक्न माग गरेका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरिन् । महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उहाँले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ रु भनेर सरकारलाई प्रश्न समेत गरिन् । सांसद थापाले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी गर्नु पर्ने हद म्याद हटाउनु पर्ने पनि माग गरिन् । काँग्रेस सांसद पुष्पा भुसालले महिला हिंसा सम्बन्धी सबै कानुनको पुनरावलोकन गरी रहेको बताइन् । सरकारले पनि यस मुद्दामा ध्यान दिँदै दोषीलाई कारबाहीको लागि पहल सुरु गरेसँगै पीडक पक्राउ परेका छन् । संसदको निर्देशन लगतै घटनामा दोषि भनिएका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

उनीविरुद्ध दुई वटा उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइयो । सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएपछि उनलाई आज अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालत, काठमाडौंले पाण्डेलाई हिरासतमा राखेर मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको हो । उनलाई तत्कालका लागि मानवबेचबिखन सम्बन्धी कसूरमा म्याद थपेर अघि बढ्ने निर्णय भएको घटनाको छानविन समितिले जनाएको हो । यसअघि पाण्डेलाई अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी थियो । तर, महान्यायाधिवक्ता कार्यालयको राय र अन्य कानून व्यवसायीहरूसँगको छलफलपछि मानवबेचबिखनविरुद्धको कसूरमा अनुसन्धान अघि बढाउने टुङ्गो लागेको छ ।

सपना बोकेर कुनै पेशामा छिर्दै गर्दा त्यो पेशा नै गलत हो र पेशा नै अभिसाप बनिदेला भन्ने कसैले सोचेको हुँदैन । पेशा कुनैपनि नराम्रो हुँदैन । त्यसलाई नराम्रो बनाउनेलाई तह लगाउनु पर्छ । र, त्यसका लागि सबैले बेलैमा आवाज उठाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्