२०८१ जेष्ठ ८

नवनिर्वाचित पालिका प्रमुखले लिए सपथ

जेठ ६ — सिन्धुपाल्चोकका स्थानीय तहका पालिकाका नवनिर्वाचित प्रमुखहरुले सथप ग्रहण लिएका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सिन्धुपाल्चोकको स्थानीय तहमा निर्वाचित प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत चन्द्र प्रकास तिवारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । आजको सपथ ग्रहणमा पाँचपोखरी थाङपाल गाँउपालिका बाहेकका अरु निर्वाचीत पालिका प्रमुख उपस्थित थिए । यस्तै चोतारा सांगाचोकगढी नगरपालिका र मेलम्ची नगरपालिकाले नव–निर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र प्रदान गरेको छ भने कार्यभार पनि सम्हालेका छन् ।
जिल्लामा काङ्ग्रेसले ५ स्थानिय तह ः बाह्रविसे नगरपालिका ,मेलम्ची नगरपालिका, भोटेकोसि गाउँपालिका , हेलम्बु गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका जितेको छ भने माओवादी केन्द्रले ४ स्थानिय तह ः चौतारा साँगाचोकगढी नगरपालिका, बलेफी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका र जुगल गाउँपालिका जितेको छ । एमालेले ३ स्थानिय तह ः ईन्द्रावती गाउँपालिका , सुनकोसि गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका जितेको छ । यस्तै जिल्लाका १०३ वडामा नेपाली काङग्रेसले ५३ वडा जितेको छ भने ३६ वडा एमालेले जितेको छ । माओवादीले ११वडा , समाजवादीले १ वडा , राप्रपाले १वडा स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् ।
सिन्धुपाल्चोकमा एमालेको मत घटेको छ । माओवादीले पनि आफ्नो मत बढाउन सकेको छैन । माओवादी २१ वडाबाट ११ मा आएको छ । कम्युनिस्टभित्रको फुट अहंकार र घमण्डको परिणामको फाईदा यसपटक काँग्रेसलाई पुगेको छ । परिणामले एमालेले आफुलाई ०७४ सालको तुलनामा खुम्च्याएको, कांग्रेस र माओवादी केन्द्रले जनमत बढाएको देखाउँछ ।
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष ÷उपाध्यक्ष र हेलम्बु गाउँपालिका अध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । उपप्रमुख पदमा सिन्धुपाल्चोकमा एक अनुहार दोहोरीएको छ भने अरु नया निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाँउपालिकामा सुनिता अधिकारीलाई जनताले फेरी उपाध्यक्षमा चुनेका छन् । बाह्रविसेमा सुसिला पाख्रिनलाई उपप्रमुखको लागि फेरी एमालेले दोहोरायपनि उनी पराजित हुनुपर्यो । लिसंखु पालिका प्रमुख माओवादिले जित्दा उपप्रमुख भने एमालेबाट मिठु देवि लामा निर्वाचित हुनुभयो ।
सुनकोसिमा एमालेका टपेन्द्र तिमिस्सिनाले अध्यक्ष पद जित्दा उपाध्यक्षमा काग्रेसकी कान्छि लामाले जित्नुभयो । बलेफीमा माओवादिले अध्यक्ष आफ्नो पोल्टामा पाउदा उपप्रमुखमा काग्रेसकी सरु लामा तामाङ निर्वाचित हुनुभयो। यस्तै मेलम्चीमा काग्रेसका आईतमान तामाङ प्रमुख पदमा विजयी हुदाँ उमा प्रधान एमाले उमेरदवार निर्वाचित हुनुभयो।
स्थानीय तहको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट सुरु गरेका छन् । स्थानीय तहको मतपरिणाम आइसकेपछि जितेका उम्मेदवारहरू आआफ्नो एजेण्डा समयमा नै पूरा गर्ने र आफ्नो पालिकालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
आफ्नो पालिकालाइ कृषि,शिक्षा,स्वास्थ्य, रोजगारी र सांस्कृतिक नगरीको रूमा विकास गर्ने प्रतिवद्धता अनुसार नागरिकले मत हालेर नया प्रतिनिधि चुनेका छन् । पहिलो ५ वर्षको कामले खासै सन्तुष्ट नभएका नागरिकको विश्वास जित्नु अबको नेतृत्वको लागि थप चुनौती देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्