२०८२ श्रावण १६

प्रत्येक दिन ‘चौतारा बजार’ खुल्ने


चौतारा- सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजार अब प्रत्येक दिन खुल्ने भएको छ । स्थानीयको समस्यालाई सम्बोधन हुनेगरी बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावस्यक सामग्री कारोबार गर्ने पसल खुलाईने निर्णय भएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को अगुवाईमा बुधबार विहान बसेको उद्योग वाणिज्य संघ, टोल सुधार समिति, बुद्धिजीवि, स्थानीयको संयुक्त बैठकले प्रत्येक दिन ६ बजेदेखि ९ बजेसम्म अत्यावस्यक सामग्री कारोबार गर्ने पसल खुलाईने निर्णय गरिएको वडा अध्यक्ष नरमान श्रेष्ठले बताए । ‘यो समयमा औषधी, खाद्यान्न, तरकारी, पुस्तक पसल लगायत अत्यावश्यक सामग्री कारोबार गर्ने पसल खुलाईने निर्णय भएको छ’, श्रेष्ठले भने– ‘९ बजे पछि भने लकडाउनलाई कडाई गरिने छ ।’
श्रेष्ठले आवश्यक सामग्री खरिद गर्न बजार निस्कदा भीड नगरिदिनको साथै सामाजिक दूरी कायम गर्न समेत स्थानीयलाई आग्रह गरेका छन् । ‘हामी आफैं सचेत हुन जरुरी छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्