चौतारा- चौताराबाट काठमाडौको जडिबुटीसम्म ८४ किलोमिटर दूरी पर्छ । सडक सञ्चालन भएयता चौताराआसपासका बासिन्दा यही बाटो भएर राजधानी पुगेका छन् । चौताराबाट बन्देउ पुगेपछि अरनिको राजमार्ग जोडिन्छ ।
अरनिको राजमार्गबाट जिल्लाको १ नं क्षेत्र, दोलखा र रामेछापका जनताले यही बाटो प्रयोग गरेर आवतजावत गरेको दशकौं भयो । कतिपटक शासन व्यवस्था परिवर्तन भए अनि नेताहरु विभिन्न पदमा पुगे । यद्यपि, जिल्लावासीको मर्का बुझ्ने प्रयास गरिएन । अब खुसीको कुरा जिल्लाको मध्यभागका जनता एक घण्टामै काठमाडौं पुग्नसक्ने दिन नजिकिँदै छ । चौतारा–सीपाघाट–कात्तिके हुँदै काठमाडौं पुग्ने ५५ किलोमिटर सडक निर्माणमा जिल्लावासीको चासो बढेको हो । यसलाई काठमाडौं जोड्ने छोटो नयाँ मार्गको रुपमा लिईएको छ ।
दुई वर्षअघि निर्वाचनको बेला ‘बाकसमा विकास’ को नारा दिएर उदाएका नेता युवराज दुलाल शरद यतिबेला बागमती प्रदेशको सामाजिक विकासमन्त्री छन् । दुलालले निर्वाचनको बेला बोलेको प्रतिवद्धतामध्ये यो सडक पनि हो । उनले चौतारा–सीपाघाट–कात्तिके–काठमाडौं सडकका लागि थुप्रै आन्तरिक संघर्ष गरे । जनताले मागेको र अत्यावश्यक विकासमध्ये यो सडक पनि एक हो । त्यसैले उनले बोलेको ‘बाकसमा विकास’ को नयाँ मोडेल कार्यान्वयन भइरहेको पुष्टि हुन्छ ।
चौताराबाट झ्याँडीखोलासम्म १० किलोमिटर कालोपत्रे भइरहेको छ । यो १० किलोमिटर कालोपत्रेको लागि गत वर्ष ३० करोड विनियोजन भएको थियो । फेरि यो वर्षको लागि मन्त्री दुलालकै योजनामा ५४ करोड विनियोजन भएको छ । यो रकम झ्याँडीखोलादेखि देउरालीसम्मको १२ किलोमिटरमा कालोपत्रे हुनेछ । हालको चौतारा–काठमाडौं भन्दा यो सडक २९ किलोमिटर छोटो छ । मध्यपहाडी लोकमार्ग हुँदै यो सडकबाट काठमाडौ पुग्न दोलखा र रामेछाप जिल्लाको लागि पनि बैकल्पिक मार्ग हो । ‘यो सडक केही वर्षमा पूरा हुन्छ,’ मन्त्री दुलालले भने, ‘यसबाट सिन्धुपाल्चोक, दोलखा र रामेछापले फाइदा पाउने छ ।’ जिल्लाको मध्यक्षेत्रमा उत्पादित कृषि उपज र नदीजन्य पदार्थ ढुवानीको लागि यो सडक महत्वपूर्ण हुने मन्त्री दुलालले सुनाए ।
यो योजनालाई आफ्नो कार्यकालभित्र सकाउने मन्त्री दुलालको लक्ष्य छ । अहिलेको बजेट र पुरानो ३० करोडको बजेटले सिपाघाटसम्म सडकलाई पीच गरिने जनाईएको छ । बाँकी १५ किलोमिटर सडकको पीचका लागि पहल भहिरहेको मन्त्री दुलालले बताए ।
बोलेको कुरा पूरा गर्ने नेतामध्ये युवराजको नाम अग्रपंक्तिमा आउँछ । वागमती प्रदेशको मन्त्री भएपछि सिन्धुपाल्चोकको प्रतिनिधिसभा २ को ‘क’ प्रदेशका लागि करोडौं रकम आईर्याएको भनेर आरोप खेपेका दुलालले पछिल्लो समय जिल्लामा मात्रै होइन प्रदेशभर आक्रामक रुपमा काम गरेको चर्चा कमाए । उनलाई जिल्लाको त के कुरा प्रदेशभरका युवा जमातले निकै मन पराउँछन् । उनकै पहलमा जिल्लाभर स्वास्थ्य, शिक्षा र विकासमा नमूना काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्