चौतारा/ नेपाल रेडक्रस सोसाइटी, चौतारा उप-शाखाको आयोजना र नेपाल रेडक्रस सोसाइटीको रक्त संचार केन्द्र, भक्तपुरको प्राबिधिक सहयोगमा चौतारामा राक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा चौतारा लगायत अरु बिभिन स्थानका ४६ जना सर्बसाधारण र १० प्रहरी गरी जम्मा ५६ जनाले रक्तदान गरेको चौतारा उप-शाखाका सचिव नातिबाबु धितालले जानकारी दिए।
त्यस्तै गरी कार्यक्रमका प्रमुख अथिती तथा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं. तमाङले यस कार्यक्रमको प्रसंसा गर्दै यस्तो बिषम अवस्थामा बल्ड बैंकहरुमा रगतको कमी हुने सक्ने भएकोले यस्तो कार्यक्रम धेरै हुनु पर्नेमा जोड दिनु भयो।
रेडक्रसले बन्देउमा यातायातका साधनलाई डिसइन्फेक्सन गर्ने, हेल्थ डेस्क राखेर चौतारा साँगाचोकगढी नगरपालिका प्रवेश गर्ने मानिसहरुको स्वास्थ्य परीक्षण गर्ने काम गरेको छ । तातोपानी सीमा नाकामा आवतजावत गर्ने गाडीलाई डिस्इन्फेक्सन गर्ने कामको तयारी अन्तिम अवस्थामा पुगेको सभापति राजेन्द्रमान ताल्चाभडेलले जानकारी दिए । त्यसको लागि रेडक्रसले सम्पुर्ण तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्