२०८१ श्रावण १२
                           

विभिन्न वडाका १० जनालाइ परिक्षण गरि घर पठाईयो

क्षेत्रीय क्वारेन्टाइन मेलचौरमा ०७७ बैशाख १ गते चौतारा सागाचोकगढी नगरपालिका भित्रिएका विभिन्न वडाका १० जनालाइ आज RDT परिक्षण गरि घर पठाइएको छ। आज चौध दिन पूरा भएकाहरुको परिक्षण गरिएको र परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको हो। त्यस्तै जिल्ला समन्वय समिति भवनमा शुक्रवार ३० बेडको क्वारेन्टाइन स्थापना गरिएको र हिजो शनिबार नै पर्वत जिल्लाबाट नगर भित्रिएका ६ नं वडा गौरतीका १५ जना पुरुष, सिराहा जिल्लाबाट आफ्नो माइती स्याउले आएकि बच्चा सहित १ जना महिला र उनिसंग सम्पर्कमा आएकी १ जना महिला गरि १७ जनालाई राखिएको छ। उक्त महिलालाई बिरामी भइ डिस्चार्ज भएको भनी नक्कली कागजात बनाइ सिराहाबाट सिन्धुपाल्चोक ल्याउने एम्बुलेन्स पनि बन्देउ प्रहरी नियन्त्रणमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्