२०८१ श्रावण १२
                           

डिजिटल पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम

सिन्धुपाल्चोक, १५ वैशाख
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोककाे आयोजनामा चाैतारामा डिजिटल पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

शुक्रबार तालिम उद्घाटन गर्दै चाैतारा नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले  पत्रकारको क्षमता अभिवृद्धिमा नगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

उहाले सिन्धुपाल्चोककाे पत्रकारिता क्षेत्रलाई मूलधारमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयाे।उहाले तालिमबाट पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिनुभयाे।

सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे।

साथै बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवति सापकोटाले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समयानुकूल दक्ष बनाउन आवश्यक भएको बताउनुभयाे।

सङ्गै यस्ता तालिमहरुमा लगाएत सञ्चार रजिस्ट्रार कार्यलयकाे तर्फबाट अाफुले सक्दाे साथ सहयाेग गर्ने प्रतिबद्धता जनाउनुभयाे।

पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माले  पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका तालिमले सघाउने धारणा राख्नुभयाे। यस्तै नेपाल पत्रकार महासंघ दाेलखा शाखा अध्यक्ष दिपशङ्कर चाैलागाईले डिजिटल पत्रकारिता आजको आवश्यकता हाे भन्नुभयाे।

साेहि कार्यक्रममा नेपाल पत्रकार महासगका अध्यक्ष जीवन श्रेष्ठले  प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी दुई दिने तालीम आयोजना गरिएको बताउनुभयो ।

उक्त तालिमकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चाैतारा सागाचाेकगढि नगरपालिका मेयर कृष्णप्रसाद सापकाेटा,विषेश अतिथि बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवति सापकोटा ,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य बबिन शर्मा ,नेपाल पत्रकार महासंघ दाेलखा अध्यक्ष दिपशङ्कर चाैलागाई,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष जीवन श्रेष्ठ सहित पत्रकार महासंघ सिन्धुपाल्चोक सबै टिम लगाएत पत्रकारहरु र अन्य प्रमुख व्यक्तित्वहरुकाे उपस्थित रहेकाे छ ।

कार्यक्रम संचालन महासंघ  सचिव विदुर अाचर्यले गर्नुभयाे । तालिममा करिब ४० जनाको सहभागिता छ । चाैतारा नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासघ सिन्धुपाल्चोककाे हलमा सुरु तालिम २ दिनसम्म चल्नेछ ।

यसअघि चाैतारा सागाचाेकगढि नगरपालिकाकाे सहयाेगमा सुचनाकाे हक सम्बन्धि बिहीबार नेपाल पत्रकार महासघ सिन्धुपाल्चोककाे अायाेजनामा एक दिने तालिम गरिएको थियाे।प्रशिक्षक प्रभात श्रेष्ठ र बिनय बजगाई हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्