२०८१ जेष्ठ ८

समयको चालबाज मेरो आधा सताब्दी

समयको चालबाज मेरो आधा सताब्दी

दिपेन्द्र श्रेष्ठ –

झट्ट हेर्दा पचास बर्ष भित्रको जिन्दगीको कथा मात्र देखिने मेरो आधा सताब्दी भित्र पुरै जिन्दगी र देश बिदेशका चलायमान अबस्थाहरुको पुरै मानचित्र देखिन्छ ।
म नपढेको यस्तो मान्छेले ईन्जीनियर,डाक्टर,र वकील जस्तो छोरो बनाउनुनै जिन्दगीको ठुलो कमाई र प्रतिष्ठा हो । यो भनाई एक नपढेका नेपाली छोराको हो । उहि छोरा गोबिन्द दासका नामले चर्चित छन। शंखरापुर अबस्थीत साँखुमा जन्मिएर सिङ्गो बाल्यकाल सकाएर जिन्दगीमा केहि गर्नुपर्छ भन्ने मनसाय बोकेर कलिलोमै निस्किए घरबाट फिरन्ते बनी १९८७ कार्तिक १९ गते जन्मिएका उनी उमेरले १३ टेक्दैमा घर छाडेर निस्किए दाजु संग र बुटवल पुगे ब्यापारी बन्न । ब्यबहारिकताको चौघेराले निलेका श्रेष्ठ कलिलै उमेरमा धेरै हण्डर खाए र फर्किए आफ्नै थातथलो । केहि बर्षको अन्तरालमा फेरी निस्किए सिन्धुपाल्चोकको स्याउलेमा र हिमाली जडिबुटीको काममा रमाए । रहँदा बस्दा घरपेटीकै छोरी संग मागी बिबाह पनि गरे । एक छोरी र एक छोराको बियोग पछि स्याउलेमा बस्न मन नलागेर १८ सालमा जन्मिएका छोरा आनान्दलाई काखीच्यापेर चौतारा निस्कीए । ति बियोगान्त समयले उनको मनमा उथलपुथल बनायो र एउटा अठोट जमायो । जेठो छोरोलाई डाक्टर पढाउने ।
केहि समय राजनैतिक पार्टीमा पनि सामेल भए । नपढेकै कारण जती राजनितीगरेपनि कार्यकर्तामै सिमित भएको ज्ञात उनमा भयो र बिस्तारै राजनितीमा हात झीक्दै गए र सामाजिक काममा अग्रसर हुनथाले । जेठो छोरो आनान्द र माईलो छोरो जयन्द्रले प्राथमिक शिक्षा स्याउलेमा नै पाए । त्यतीखेर श्री सेतीदेवी मा.बी.का एकमात्र शिक्षक जगलाल श्रेष्ठ हुनुहुन्थ्यो ।ति दुई छोराको प्राथमिक शिक्षा वहाँलेनै पढाउनुभएको थियो । कान्छो सुरेन्द्र स्याउलेमा ५ बर्ष मात्र बसेकाले पढाई सुरु भएकै थिएन । ७ बर्षको उमेरमा सिधै कक्षा तिनमा भर्ना भएर सुरेन्द्रको शिक्षा चौतारा स्कुलबाट सुरुभयो । जेठोछोरो २०५३ तिर रेडियोलोजीष्ट भएर पोखरा गएपछि उतै घरजम जमाएर बसे माइलो जयन्द्र पुल्चोकमा इन्जिनियर पढेर गजुरीबाट ओभरसियर गरे । र कम्प्युटर साईन्स पढनकै निम्ती अमेरिकाको होनोलोलुमा हानिए । त्यहाँबाट फर्केपछि चौतारामै जुगल बोर्डिङ खोलेर बसे सो स्कुल जिल्लाकै नमुना र उत्कृष्ठ बिध्यालय बन्यो । उनले पनि शिक्षा बिषयमा पि एच डी गरे । कान्छो छोरो सुरेन्द्र पनि आई एल सकाएर वकील बने वि एल सकाएर अधिबक्ता बने उनी राजनीतीमा अग्रसर युवा भएकै कारण जनयुद्घ सुरुभएको नौ महिनामै वेलायत भासिन बाध्य भयो । देशमा दोन्द्वकाल सुरु भयो ।
यो थियो आधा सताब्दी भित्रको एक सिङ्गो जीबन ।
मेरो आधा सताब्दी भित्र पचास वटा शिर्षकका विषयबस्तु भित्र रुमलिन समय त लाग्छ नै तर ब्यर्थमा म यतीकै फोस्रा बिषयबस्तुहरुमा रुम्मलीएछु भन्ने भान चाँहि हुन्न । सबै बिषयबस्तु उतिकै राम्रा र चोटिला छन । हर बिषयले समस्या सहितको समाधान दिएका छन ।

बिचबाटोबाट हिमालका सबै दृष्य देख्न पाइने, टुप्पामा पुगेपछि त झन अचम्म आधुनिक सुबिधासम्पन्न सबै भौतिक ब्यबस्था भएको करिब ६०० जना बस्न मिल्ने, बिभिन्न किसिमका परिकारहरु खान पाइने रेष्टुरेन्ट अनि बाहिर निस्केर केहि पर सम्म हिमालमा हिँड्न मील्ने यी सबै दृष्य देखेर बाटोभरी कुरा गर्र्दै आयौ । हाम्रो नेपाल पनि यस्तो बनाउन सम्भब छ तर कहाँबाट कसरी थालनी गर्नै? कस्ले थालनी गर्नै?
( जनकल्यान र गुडीज नर्सरी)

यस्ता अनगीन्ती प्रश्नै प्रश्नले लेखकमा नेपालमा पनि धेरै सम्भाबना छ तर गर्ने हरुको अजागरुकताले चिन्तित देखिन्छ । उत्साहित तनमनले गर्दा भौतिक शरिर बिदेशमा रहेपनि नेपालीमनले नेपालमै केहि गरौ भन्ने भावना जागृत हुनु स्वभाविकै हो । प्राकृतिक श्रोत र साधनलाई सहि सदुपयोग गर्न जान्यौ भने पक्कैपनि केहि चमत्कारिक फड्कोमार्न सकिन्छ भन्ने उदाहरण प्रस्ट देखिन्छ ।
समय,सन्दर्भ र देशको भुगोल अनुसार आधुनिक शैलीमा बाँच्नु पनि एउटा कला हो । जो सबै मानिसमा हँदैन । एउटा सिङ्गो जीबन जसरी बाँचियो गौण भयोभने आफैमा सीमीत भयो जो छापियो हजारौले अनुभब गर्न पाईयो, बुझ्न पाइयो यो नै सार्थक भयो ।

नेपालमा हुँदा स्थानिय चाडबाड र संकार संग मात्र सक्षात्कार भईन्थ्यो तर यहाँ त सिङ्गो नेपालको संस्कृती बुझ्ने अबसर मिल्थ्यो । कहिलेकाँहि संसारभर मनाइने चाडबाडसंग हाम्रो नेपालमा मनाइने चाडबाड र परम्पराबारे तुलनात्मक अध्ययन गरी एउटा अनुसन्धानात्मक पुस्तक नै तयार पार्नुपर्छ की जस्तो सोचाई आँउछ ।
                                                                                                                                                             (बर्षभरी मनाईने उत्सबहरु)

सम्भाबनाका ढोकाहरु कल्पना गरेरमात्र खुल्दैन बिना कल्पना उपायहरु निस्कँदैनन् । सम्भब हुनसक्ने योजनाको परिकल्पना सmलताको पहिलो खुड्किलो हो । तर असम्भब कल्पनाले सफलताको नजिकपुग्न धेरै समय लाग्छ ।
दुबईका केहि ब्यबसायीहरु नेपाल पनि घुमेका रहेछन । नेपालबाट धेरै प्रभाबित पनि भएका रहेछन । नेपाली युवाहरुले उनीहरुको देशमा गरेको परिश्रमले छोटै समयमा आफ्नो देश यो स्थानमा आएको पनि उनिहरुलाई ज्ञात रहेछ र नेपालीलाई मायाँ गर्दा रहेछन । नेपालमा पनि छिट्टै बिकासका गतीलाई तिब्र गर्न सक्ने सम्भाबना देखेका रहेछन् तर मुस्लीमहरुलाई नेपालमा होटल र रेष्टुरेण्ट को समस्या रहेछ त्यसैले स–परिवार घुम्नकालागी युरोप,अमेरीका,बाहेक मलेशिया,इण्डोनेसिया,थाइल्याण्ड लगाएतका देशहरुमा जाने रहेछ ।
                                                                                                                                                                                       (दुबई यात्रा)

नेपालमा पनि थोरै संख्यामा मुस्लीमहरु बसोबास गर्छन तर तिनिहरु नेपालकै भुगोलमा कोहि तराई त कोही पहाडमा छरिएर बसेका छन । नेपालमा २०२०मा पर्यटकिय बर्ष भब्यरुपमा मनाउने तरखर छ तर यी र यस्ता कुराहरुमा पनि ध्यान पुग्ने हो भने भने अनुसार पर्यटक भित्रयाएर राम्रो आम्दानी गर्न सकिने निश्चित छ । नेपालमा पर्यटकमात्र भित्रयाउने लक्ष राखेको छ तर पर्यटकलाई आर्कषित गर्ने मुख्यकुरा प्राकृतिक श्रोत र साधन मात्र होईन अर्गानिक मिठो खानपान, सुरक्षित , राम्रो बास,अनुशाशित र शिक्षित गाईड, घुम्न लायक ठाँउहरुको पहिचान, बिभीत्र जातजाती भाषाभाषी झल्किने होमस्टेहरुको अबधारणा बनाउने र र्निधक्क घुम्नसक्ने वातावरण भएभने पक्कै पनि पर्यटक लोभिन्छ । बिदेशी मात्र होइन आन्तरिक पर्यटक पनि घुमघाम गर्नसक्ने वातावरण बनाउन सक्नुपर्छ । तर यहाँ बिज्ञापन र हल्ला मात्र गरेर हुत्र । खासमा भन्ने हो भने खाना र बासको महँगीले आन्तरिक पर्यटक पनि राम्रो संग आफ्नो देश घुम्न नसकेको सर्बबिदीतै छ । अबको २०२०को नीतीले बिदेशी मात्र होईन आन्तरिक पर्यटनलाई पनि बढावा दिइयो भने आफ्नो देशको भेषभुषा,रितीरिवाज, चालचलन,संस्कार संस्कृती, सबैकुरामा म नेपाली भनेर गर्ब गर्ने ठाउँ रहन्छ ।
रंग नेपाल द्वारा प्रकाशित मेरो आधा शताब्दी संस्मरण को आबरण तस्बिर आर्कषक छ । भित्री पृष्ठ पनी राम्रै रहेको छ । ३२३ पृष्ठ रहेको सो किताबको मुल्य ३४५ रहेको छ । पुस्तक पढेर धेरै कुराहरु सिक्ने अबसर पनी छ ।लेखक सुरेन्द्र नेपाल श्रेष्ठ अधिबक्ता पनि हुनुहुन्छ । अझै देशबिदेशका अनुभबहरु बाट केहि बिकाशका खाका कोर्न सकियोस लेखकमा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्