२०८० मंसिर १४

थापा बुक्स स्टोरवाट विद्यालयलाई टेलिभिजन सहयोग

चौतारा/ थापा बुक्स स्टोरले चौतारा साँगाचोकगढी नगरपालिका १ स्थित श्री सेती देवी मा.वि. स्याउलेलाई टेलिभिजन सहयोग गरेको छ । नर्सरीमा अध्ययन गर्ने विद्यार्थीको सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले थापा बुक्स स्टोर चौताराले विद्यालयलाई टेलिभिजन सहयोग गरेको हो ।
आइतवार थापा बुक्स स्टोरका प्रोपाइटर कुमार थापाले विद्यालयलाई ३२ इन्चको टेलिभिजन प्रदान गरेका हुन्। टेलिभिजन हस्तान्तरण गर्दै थापाले भने ‘मैले कखरा शुरु गरेको श्री सेती देवी मा.वि. स्याउलेलाई सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ थापाले भने ‘अन्य विद्यालयहरुलाई पहिले देखि नै सहयोग गर्दै आइरहेको तर आफ्नो नजिकै रहेको विद्यालयलाई सहयोग गर्ने मौका मिलिरहेको थिएन वल्ल मिल्यो र यस्तो सहयोग निरन्तर रहि रहने छ ।’
शैक्षिक सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक शालिकराम ओलिले भने थापा वुक्स स्टोरवाट हामिले पहिले देखिनै विभिन्न सहयोग पाइराखेका थियौं अझ यो सहयोगले विद्यालयलाई ठूलो सहयोग मिलेको छ । प्र.अ. ओलीले भने यस सहयोगले सानासाना वालवालिकाहरुको पढाईमा प्रोत्साहन मिल्ने र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग पुग्ने वताए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले थापा वुक्स स्टोरलाई धन्यवाद दिदै भने–‘हाम्रो बिधालयका साना बालबालिका हरुको सिकाइ सहजताको लागि थापा बुक्स स्टोर चौतारा बाट बिधालय लाई टेलिभिजन प्रदान गरि सहयोग गर्नु भएकोमा थापा बुक्स का संचालक तथा हाम्रो बिधालय का शुभचिन्तक श्री कुमार थापा ज्यु तथा थापा बुक्स परिवार प्रती हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ यस सहयोगले नर्सरीका वालवालिकाहरुलाई रमाइलो ढंगवाट कक्षा सञ्चालन सहयोग पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्