२०८१ पुष २९
                           

भोटेकोशीमा राष्ट्रपति रनिङ शिल्ड उदघाटन, खेलाडी र पत्रकारलाई सम्मान

शुक्रबार भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले सातौ राष्ट्रपति रनिङ शिल्ड उदघाटन गरे । गाउँपालिकाको ४ नम्बर वडाको थापीनारायण माध्यमिक विद्यालयमामा ७ गते सम्म प्रतियोगिता हुनेछ । प्रतियोगतामा भलिबल, दौड, फुटबल,सर्टफुट, हाईजम्प, लङजम्प, ज्यावलिङ थ्रो, कराँते, तेक्वान्दो लगायतका खेलमा पालिकाभित्रका विद्यालयबीच प्रतिस्पर्धा हुनेछ ।

महिला खेलाडी र पत्रकारलाई सम्मान
भोटेकोशी गाउँपालिकाले साफ महिला च्याम्पीयनसीपमा उपविजेता खेलाडीहरुलाई १३ लाख रुपैया सहित सम्मान गरेको छ । खेलाडीहरुलाई हौसला स्वरुप गाउँपालिकाले सम्मान गरिएको पालिका अध्यक्ष शेर्पाले बताए ।यसैविच नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको नवनिर्वाचित कार्यसमिलाई पनि सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा र उपाध्यक्ष दिछेन शेर्पाले शाखाका अध्यक्ष धु्रव दंगाल नेतृत्वको सञ्चारकर्मीहरुलाई सम्मान गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्