२०८१ श्रावण १२
                           

गणेशले जिते प्रथम चौसागढी खुल्ला दौड

चौतारा साँगाचोकगढी प्रथम खुल्ला दौड प्रतियोगितामा इन्द्रावती गाँउपालिकाका गणेशसिहं ठकुरि प्रथम भएका छन् ।

निर्धारित १८ किलोमिटर दुरि १ घण्टा ७ मिनेट ५५ सेकेन्डमा पार गर्दै ठकुरि उत्कृष्ट भएका हुन् ।

चौतारा साँगाचोकगढी नगरपालिका १२ को साँगाचोकगढी देखि नगरपालिका कै वडा नं ५ चौतारा बजारसम्म मंगलबार सञ्चालन भएको दौडमा निर्धारित दुरि १ घण्टा ८ मिनेट २८ सेकेन्डमा पार गर्दै सिन्धुलिका तस्बिर लामा दोस्रो भए ।

उनलाई पछ्याउँदै अाएका पाँचथरका भुमिराज राईले १ घण्टा ९ मिनेट २९ सेकेन्डमा दुरि पार गर्दै तेस्रो भए । प्रतियोगितामा निर्धारित दुरि १ घण्टा १९ मिनेटमा पार गर्दै चौतारा साँगाचोकगढी नगरपालिका ८, इर्खुका उज्वल श्रेष्ठ नगर उत्कृष्ट बने ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार सहित ट्रफी , मेडल र प्रमाणपत्र पाएका छन् ।

नगर उत्कृष्ट बनेका श्रेष्ठले पनि नगद १० हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र पाएका छन् ।

नगर पर्यटन प्रवर्द्धन गरौँ ,भ्रमण वर्ष २०२० सफल पारौं भन्ने मुल नाराकन साथ चौतारा साँगाचोकगढी ५ को भुलभुले युवा क्लबले अायोजना गरेको सो प्रतियोगितामा पुरस्कार वितरण गर्दै प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य माधव सापकोटा सुवोधले खेल क्षेत्र पनि पर्यटन विकासको महत्त्वपूर्ण क्षेत्र भएकोले यसको विकास गरिनु जरुरी रहेको बताए ।

काठमाडौबाट सबैभन्दा नजिक रहेको जुगल हिमश्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्ने सबै पक्षले सहयोग गर्नुपर्नेमा सापकोटाले जोड दिए ।

भ्रमण वर्ष २०२० को पुर्वसन्ध्यामा भएको यो प्रतियोगिता ले नगरको पर्यटन विकासमा कोशेढुङ्गाको काम गरेको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति कृष्णगोपाल तामाङले बताए ।

उनले चौतारा अान्तरिक तथा बाह्य पर्यटक बढिभन्दा बढि भित्र्याउन चौताराका होटल व्यवसायीहरुले छुट दिनुपर्ने र पर्यटकहरुलाई कुनै विशेष सन्देश वा विशेष सामाग्री उपलब्ध गराउनसक्नुपर्ने बताए ।

पुरस्कार वितरण समारोहमा बोल्दै वडा नं ५ का वडाध्यक्ष नरमान श्रेष्ठले नगरपालिकाकै ईतिहाँसमा यो अायोजना स्वर्ण अक्षरले लेखिने भन्दै प्रतियोगि र अायोजकलाई धन्यवाद दिए ।

प्रतियोगितामा सिन्धुपाल्चोक सहित विभिन्न जिल्लाहरुबाट समेत गरि ४९ जना धावकहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्