सिन्धुपाल्चोकको भोटेकोशी नदिमा २०७६ मंसिर १० गते देखी १२ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको १८ औ हिमालय ह्वाइट वाटर च्यालेन्ज प्रतियोगिता नेकपाका स्थायी समिति सदस्य तथा माननीय अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उहाँले विश्वमै उत्कृष्ट सातौ तहमा गनिएको भोटेकोसी र सुनकोसीको सौन्दर्यतालाई यथावत राख्न हरसंम्भव प्रयास गर्ने प्रतिबद्धता गर्नुभयो । पर्यटन २०२० लक्षित अन्तरास्ट्रिय स्तरको “हिमालयन वाटर च्यालेन्ज २०१९ ” मा विजयी चेक रेपब्लिक,नेपाल र फ्रान्सका र्याफ्टर टिमलाई बधाई दिँदै उँहाले पर्यटनमा सघाउन तत्पर रहने र बलेफिसँगै कोशिको अनमोल कृतिलाई जोगाउनेबारे अावाज उठाउने बताउनुभयो । यस प्रतियोगितामा सालोलम, बाटोर क्रस र डाउन रेस गरि तिन बिधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाइ सहभागी गराएर एक बिधामा समुहगत – याफ्टिङ रेस सम्पन्न भएको छ। यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अबस्थाका कारण भोटेकोशी नदिमा – याफ्टिङ रेस प्रतियोगिता आयोजना गरिएको हो। नेपाल भ्रमण बर्ष २०२० लाइ सफल बनाउन लिएको उदेश्य अनुरुप बिदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा गर्न प्रतियोगिताले सहयोग पुग्ने बिश्वास नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले बताउनु भयो। यस प्रतियोगीतामा होन्जा हावेले (चेक रेपब्लिक) ले बिजयीको मेडल उचालेको छ । नेपाल – याफ्टीङ एसोसियशन (नारा)को आयोजनामा भोटेकोशी ‘वाटर च्यालेन्जसिप ’ प्रतिस्पर्धामा चेक रेपब्लिक प्रथम भएको हो । स्लालेम, बोर्डरक्रस, डाउन रिभर रेसदेखि स्प्रिन्ट र कर्पोरेट राफ्ट रेस गरी ५ विधाको स्पर्धा भएको थियो । १५ देशका ८६ खेलाडी गाइड तथा एडभेन्चर पारखीले अनेक विधामा -याफ्टर गाइडबाट भोटेकोशीमा ‘-याफ्टीङ’ गर्दै प्रतिस्पर्धा भएको थियो। ‘वाटर च्यालेन्ज’का खेलाडीका प्रथम चेकले ५० हजार, द्वितिय सुरज गुरुङ (नेपाल) ३० हजार र तृतिय रेमोण्ड चिण्डनी टिटोभन (फ्रान्स) ले २० हजारसहित मेडल र प्रमाणपत्र पाएका थिए । सुरुवाती चरणमा स्लालेम खेलबाट सुरु भएको वाटर च्यालेन्जसिप , बोर्डर क्रसको उदघाट्न बलेफी र चौतारा सागाचोकगढी नगरका जनप्रतिनिधिले गरेका थिए । विदेशी तथा स्वदेशी निर्णायक मण्डलले सम्पूर्ण विधामा निश्चित समयमै आउनेलाई अंक दिएका थिए । विश्वमा साना ठूला गरी ६ हजार नदीनाला रहेका छन् । त्यसमध्ये दश उत्कृष्ट नदी एडभेन्चरको लागि चुनिएका छन् । जसमा भोटेकोसी र सुनकोसी सातौ उत्कृष्ट तहमा परेको छ । सन २००२ बाट कायाक र याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय बिदेशी खेलाडीलाइ समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ। प्लाराग्लाइडिङ, क्यानोनिङ, – याफ्टीङ, ट्रेकिङ,सफारी, माउन्टेन बाइक राइडिङ, टुर, टिकेटिङ देखि सहासिक मानिएको बन्जीजम्प गर्न लाखौ पर्यटक नेपाल आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्