२०८१ श्रावण १२
                           

‘शाही घटना’ अनुसन्धान गर्न समिति गठन

काठमाडौँ, १३ असोज । भ्रष्टाचार विरोधी अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानको लागि समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।

पीडित पक्षबाट हालसम्म उजुरी नपरेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । चौबीस घण्टासम्म पनि उजुरी नपरेपछि प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न समिति बनाएको उनको भनाई छ ।

शनिबार दिउँसो भरतपुरको चौविसकोठीमा शाहीले सम्बोधन गर्न लागेको कार्यक्रम बिथोलिएपछि फर्कने क्रममा होटल परिसरमा उनीमाथिक आक्रमण भएको थियो । आक्रमणमा परि घाइते भएका शाहीलाई चितवन मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएएको छ ।

घटनापछि सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको चरित्र हत्या हुने गरी अपशब्दहरु लेखिएको भन्दै महानगरपालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ । प्रहरी प्रमुख मल्लका अनुसार सो उजुरीपछि खैरहनीका ३० वर्षीय पशुपति श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको छ । अन्य व्यक्तिको खोजी भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्