३१ भदौ, काठमाडौं । प्रतिकूल मौसमका कारण बाटोमै रोकिएका परेका हेलिकप्टरमध्ये दुई वटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका छन् ।
हेलिकप्टर सोसाइटी अफ नेपालका अनुसार सिम्रिक एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काठमाडौंमा अवतरण भएका हुन् । अन्य ८ हेलिकप्टर भने अनुकूल मौसमको पर्खाइमा छन् ।
कुन हेलिकप्टर कहाँ छ ?
सिम्रिकका : खरिखोला – १, बनेपा - २
अल्टिच्यूड एयर : रोसीखोला – १
कैलाश होलिकप्टर : धुलिखेल – १
श्री एयर : रामेछाप – १
मनाङ एयर : बासा, सोलुखुम्बु – १
फिस्टेल एयर : बासा, सोलुखुम्बु – १
यसबाहेक नेपालमा रहेका अन्य कुनै पनि हेलिकप्टर नउडेको सोसाइटीले उल्लेख गरेको छ । बाँकी हेलिकप्टर काठमाडौं तथा पोखरामा ग्राउण्डमै रहेका छन् ।
अनलाइनखबरबाट साभार गरिएको
प्रतिक्रिया दिनुहोस्