२०८२ असार २
                           

कांग्रेसको जागरण : देउवा र पौडेल पक्षधर नेता, कार्यकर्ताबीच किचलो कायमै

चौतारा, ८ असोज । नेपाली कांग्रेसको देशव्यापी दोस्रो जागरण अभियान बुधबार सकियो । जागरण अभियानलाई सफल पार्नको लागि कांग्रेसको उच्च तहका नेतादेखि कार्यकर्ताहरु सबै लागेका थिए ।

दोस्रो जागरण अभियान समापन गर्नको लागि देशका ७७ ओटै जिल्लामा जिल्ला सदरमुकाममा कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध ¥यालीसहित सभा गरेको गर्यो ।
साहि अनुरुप बुधबार सिन्धुपाल्चोक सदरमुकाममा पनि र्याली सहितको सभा गर्यो । कांग्रेसले मुलत ः बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत), महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहेर विरोध सहितको र्याली र सभा गर्यो ।

सिन्धुपाल्चोकमा पनि केन्द्रीय सदस्य नविन्द्रराज जोशीको प्रमुख आथित्यतामा जिल्ला अध्यक्ष विकास लामाको सभापतित्वका कार्यक्रम भयो ।

एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलेको शब्द नुबझिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका व्यङ्ले आफैमा नालायकीपन देखाएको केन्द्रीय सदस्य नविन्द्रराज जोशीले बताए । उनले सभापति देउवाको विषयलाई लिएर राष्टपतिले गरेको अभद्र व्यवहारको खड्न समेत गरे ।

दुई तिहाईको बहुमत प्राप्त नेकपाको कम्युनिष्ट सरकारले भ्रष्टाचार वृद्धि गराएको आरो लगाए । ‘कम्युनिष्ट सरकारले देशलाई द्धन्द्धतिर धकेल्न खोजेको छ’ उनले भने । नेपालमा लोकतन्त्रमाथि खतरा आएमा नेपाली कांग्रेस जनताका लागि लड्ने उद्घा्ष गरे ।

ओली सरकार जनताविरोधी भएको कांग्रेसका जिल्ला सभापति विकास लामाले दावी गरे । सरकारले भ्रष्टाचार, मुल्य वृद्धि, अपराध बढाएको बताए । देशव्यापी रुपमा चलेको जागरण अभियानले सिन्धु कांग्रेसमा शक्ति ल्याएको भनाई व्यक्त गरे ।
दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन सिन्धुपाल्चोकमा दुई ठाउँमा कार्यक्रम गरिएको थियो । चौतारासँगै अरनिको राजमार्ग अन्तर्गत खाडीचौरमा पनि कांग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत गुटले कार्यक्रम गर्यो । सिन्धुपाल्चोकमा केन्द्रिय तहको सर्कुलर अनुसारको कार्यक्रम गर्दा जहिल्यै पनि दुईवटा कार्यक्रम हुने गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच किचलो भएकै कारणले सिन्धुकांग्रेसमा दुईवटा कार्यक्रम हुदै आएको छ । सिन्धुपाल्चोकमा केन्द्रीय सदस्य मोहन बस्नेत र जिल्ला सभापति विकास लामा गुटबीच द्वन्द्वको अवस्था रहँदै आएको छ ।

सिन्धुपाल्चोकमा पहिलो चरणको जागरण अभियान थालेकै दिन दुई गुटको विवाद कुटाकुटसम्म पुगेको थियो । दुई गुटबीच भएको झडपमा नेता बस्नेतनिकट तरुण दलका एक नेता घाइते समेत भएका थिए । केन्द्रमा पनि लामो समयदेखि देउवा र पौडेल पक्षबीच विवाद रहँदै आएको छ । कांग्रेसको विवाद यसअघि पनि छताछुल्ल हुने गरेको छ ।

कांग्रेसले देशभरी वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरणको जागरण अभियान चलाएको थियो । तेस्रो चरण आगामी पुष ७ गतेबाट सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्