२०८१ श्रावण १२
                           

ने–पेमासाल

-मिलन तमाङ पाखरिङ्ग

राजधानी काठमण्डौको उत्तरीभाग काठमण्डौदेखी करिब १४० किलोमिटर टाढा यो सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ गुम्बामा पर्दछ । जुगल हिमश्रृंखलाको काखमा रहेको यस ठाउँ जति प्राकृतिक रुपमा मनोरम र महत्व छ त्यो भन्दा बढि धार्मिक महत्व रहेको छ । बिशेषतः बुद्ध धर्म सम्बन्धि र यसै गरी हिन्दु धर्म सम्बन्धि पनि यस ठाउँको महत्व रहेको छ । वरिपरि घना जंगल चारैतिर सेताम्य हिमाल र बिचमा ठुलो चौर जहाँ ८ सय घरधुरी अट्न सकिनेछ । ने भनेको तिर्थस्थल, पेमा भनेको कमलको फुल जस्तै र छल भनेको रंग लगाएर रंगाएको जस्तो जसको अर्थ वरिपरि सेतो रंगद्वारा रंगिएको कमलको फुल आकारको तिर्थस्थल उपत्यका हो । वरिपरि घना जंगलको बिचमा चारैतिर सेतम्मे हिमाल तल ठुलो चौर र दुइतिरको त्यो चौरको बिचमा पेमासाल खोला बग्ने । जताततै रंगीन ढुङ्गा, फलफुल, विभिन्न जनवारहरु भेट्न सकिन्छ हामीले । संसारका उत्तम १० भुमिहरु मध्येका ने–पेमाछल पहिलो स्थान समेत भएको गुरु रिम्पोचेको बचनमा रहेको छ । चारसय बि.सी. मा जन्मनुभएका महामानब गौतमबुद्ध जो बुद्ध धर्मको संस्थापक हुनुहुन्छ । उहाँले बुद्धिसत्व प्राप्त भएपछि बिभिन्न कठिनाइहरुको बावजुत पनि आफुले प्राप्त ज्ञानलाई प्रचारप्रसार गर्दै हिड्नु भयो र बाँकी प्रचार प्रसारका लागि म भन्दा विद्वान मान्छे यस लोकमा जन्म लिनेछ छ भनि मनुष्य जस्तै गरी परलोक हुनुभयो र यसको ठिक ४ सय बर्ष पछि ८ औ शताब्दीमा भारतको उडिसा राज्यमा गुरु रिम्पोचेका जन्म भएको थियो । संसारको प्राणी जगतको मुक्तिका लागि उहाँ विभिन्न ठाउँहरुमा गुफा बस्दै आफुसँग भएको ज्ञानलाई प्रचार–प्रसार गर्दै हिड्नभएको थियो । यसै क्रममा नेपालको बिभिन्न ठाउँहरु फर्पिङ, खोटाङको हलेशी, रसुवा, अन्य बिभिन्न स्थानहरु, सिन्धुपल्चोकको हेलम्बु हुदै यस ठाउँ ने–पेमाछलमा पुग्नुभएको थियो । यस ठाउँमा गुरु रिम्पोचेले लामो समय बिताउनु भएको थियो । उहाँ सँगै बज्रयोगीनी पनि थियो । उक्त समयमा ठुलो संख्यामा सेना सहित त्यस ठाउँमा शक्तिशाली देचेन ग्याल्मो को राज्य थियो । हाल पनि उक्त ठाउँ भेट्न सकिनेछ । जहाँ अहिलेको भाषामा शैतानहरुको राज्य थियो । पशु र मान्छेको मासु मात्र खाने देचेन ग्याल्मोको सिद्धान्तलाई परिवर्तन गर्न धेरै कठिनाइ भएको थियो । उक्त समयमा गुरु रिम्पोचेले लामो संघर्षपछि राज्यलाई कब्ज गर्न सफल भएपछि देचेन ग्याल्मो सहित १२ जना दिदीबहिनीहरु सबैलाई आफ्नो कब्जमा लिन सफल हुनुभएको थियो । यि १२ दिदीबहिनीहरुलाई कब्ज गरेपछि अब म तिमीहरुलाई मार्नेवाला छैन तिमीहरु सधैको लागि यस ठाउँको सुरक्षा गार्डको रुपमा बस्नु भनेको थियो । तिनै १२ दिदीबहिनीहरुलाई नै उहाँले सुङमा नामकरण गरी ने–पेमाछल तथा यहाँ रहेका सम्पुर्ण बुद्धधर्म ग्रन्थहरुको सुरक्षा गार्डको रुपमा राख्नुभएको थियो । यसै समयदेखि नै सुङमाको बिकास भएको थियो । ति दिदीबहिनीहरु हालपनि त्यस ठाउँको सुरक्षाका लागि खटिएको छ । हामी त्यस ठाउँमा दर्शनका लागि गएमा तटी ग्याल्मो सुङमाको जप गर्नुपर्दछ । देचेन ग्याल्मोको राज्य कब्ज पछि यस ठाउँमा उनैको राज्य सम्पदाहरुलाई सहित मिलाएर उहाँले धैरै कुराहरुको निर्माण गर्नुभएको थियो साथै संसारको बुद्ध धर्म सम्बन्धिका ग्रन्थहरु र बिभिन्न ठाउँका बौद्ध सुत्रहरु यसै ठाउँमा राख्नुभएको थियो । पछि कहि कसैको ग्रन्थ र सुत्रहरु चाहिएमा यस ठाउँमा पाइनेछ । त्यसै समयमा ल गेङेन दोर्जे ल्हेक्पा पनि हुनुहुन्थ्यौ त्यसै कारणले हिमालको नाम दोर्जे लाक्पा हुन गएको हो । यसैबेला ल वाङबु ग्याचेन (शिव) भगवान पनि यस ठाउँमा गुरु रिम्पोचेलाई भेट्न आउनुभएको थियो र यसै क्रममा उहाँद्वारा हिन्दुधर्म सुत्रहरु यस ठाउँमा राख्नुभएको भन्ने भनाइ रहेको छ । गुरु रिम्पोचेले आफैले जिल्लप डुप्सी गर्नुभएका गुफा, उहाँ बस्नुहुने ठाउँ, उहाँले प्रयोग गर्नुहुने धुपौरो लगायत अन्य थुप्रै चिजहरु त्यहाँ रहेको छ । त्यहाँ भएका सामग्री, जनावार, फलफुल र बहमुल्य चिजहरु हामीले प्रत्यक्ष रुपमा देख्न र छुनका लागि उहाँले के कस्ता पुजापाठ र जप गर्नुपर्छ समेत उहाँको बचनमा रहेको छ । त्यहाँको उत्तर, दक्षिण, पूर्व र पश्चिम दिशामा रहेका चार ढोका र उक्त ढोकामा कसरी प्रबेश गर्ने भनि सबै कुराहरु धार्मिक सुत्रमा उहाँको आफ्नो बचन रहेको छ । बुद्धमार्गीहरुले जानै पर्ने ने–पेमाछल पछि संसारमा बुद्धिष्टहरुको एकमात्र महत्वपुर्ण ठाउँको रुपमा हुनेछ । तिब्बतबाट फर्किने क्रममा ने–पेमाछलको बारेमा गुरु रिम्पोचे आफ्नो चेला खाडो हिसे छोगेल, फा गोङ बेरोचना र छ्योग्याल ठिसोङ देउचेनलाई सुनाउनु भएको थियो । उहाँले बिभिन्न समयमा विश्वमा के–के हुन सक्छ भनि भविश्यबाणी समेत गराउदै संसार ध्वस्त हुने क्रममा ने–पेमाछल आसपास अन्तिमको मानव हुनेछ समेत यहाँ उल्लेख गरिएको छ । खाडो हिसे छोगेल, फा गोङ बेरोचना र छ्योग्याल ठिसोङ देउचेन लाई गुरु रिम्पोचेले यि बचनहरु बढो कठिनाइका साथ सुनाउनुभएको थियो र पछिका प्राणी जगतका लागि यि बचनहरु छोड्नुभएकोमा धन्यबाद पनि प्रकट गरेका छन् । माथी उल्लेखीत संक्षिप्त बचनहरु बौद्ध दर्शन सम्बन्धि सुत्रमा उल्लेख गरेको पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस्